प्रधानमन्त्रीलाई भेट्न उपेन्द्र यादव बालुवाटारमा
मेरोन्यूज
२०८१ माघ २४ गते ११:३९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।
अध्यादेशबारे निर्णय लिनु अघि अध्यक्ष यादवले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।
केहिबेरमा बस्ने पार्टीको संसदीय दलको बैठकबाट जसपाले अध्यादेशबारे निर्णय लिनेछ ।
अध्यक्ष यादवले यसअघि बुधबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुढानिलकण्ठमा छलफल गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया