अमेरिकामा एकै परिवारका चार नेपाली घरभित्रै मृत भेटिए

काठमाडौं । अमेरिकामा एकै परिवारमा चार नेपाली घरभित्रै मृत भेटिएका छन् । भर्जिनियामा बाबुआमा र उनीहरूका दुई सन्तान मृत भेटिएका हुन् ।
मृत्यु हुनेमा ३८ वर्षीय सन्तोष परियार ३६ वर्षकी अञ्जु श्रेष्ठ र उनीहरूका दुई सन्तान ८ वर्षीया छोरी र २ वर्षीय छोरा रहेका छन् । बालबालिकाको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
प्रहरीका अनुसार राति करिब १०ः४० बजे लानाए लेनस्थित एक अपार्टमेन्टमा उनीहरूको शव भेटिएको हो । उनीहरू लगभग ६ महिना अगाडि मात्र उक्त अपार्टमेन्टमा सरेर आएको छिमेकीहरूले बताएका छन् मृतक चारै जनालाई गोली लागेको पाइएको अमेरिकी सञ्चारमाध्यमहरूमा समाचार छ ।
घटनास्थलबाट एक हतियार पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।प्रहरीले संक्षिप्त विज्ञप्तिमा भनेको छ, ‘हालको प्रमाणका आधारमा यो घटना हत्या वा आत्महत्या हुन सक्ने देखिएको छ ।’ तर कसले गोली भन्नेबारे प्रहरीले अहिलेसम्म स्पष्ट विवरण दिएको छैन ।।









टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर
प्रधानमन्त्री कार्कीलाई मातृभूमि पार्टीको ज्ञापनपत्र
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
जेनजीसँगको सम्झौता मन्त्रिपरिषदबाट अनुमोदन
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
प्रतिक्रिया