प्रतिनिधि सभा बैठक बुधबारसम्मलाई स्थगित
मेरोन्यूज
२०८२ जेठ २६ गते १७:४०

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधवारसम्मका लागि स्थगित भएको छ। अब बैठक बुधवार दिउँसो १:०० बजे बस्ने गरी स्थगित भएको हो ।
सभामुख देवराज घिमिरेले आज संसद सुचारू भएको जानकारी दिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले बैठक अबरोध गरेका थिए । सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिन लागेको जानकारी दिए पनि प्रतिपक्षी सांसदहरूले हो होल्ला गरे पछि बैठक आधा घन्टाका लागि स्थगित गरेका थिए ।
यस बिचमा पनि सहमति हुन नसके पछि बुधवार १ः०० बजेसम्मका लागि स्थगित गरिएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा एवं छानबिन समितिको अडानसहित विपक्षी दलहरूले निरन्तर संसद अवरोध गरिरहेका छन् । प्रतिनिधिसभा बैठक गत जेठ १३ गते देखी निरन्तर अबरोध भइरहेको छ।
सम्बन्धित
प्रतिक्रिया