पहिलो आइभिएफ कङ्गारु भ्रूण बनाएको अस्ट्रेलियाली टोलीको दाबी

सिड्नी ।अस्ट्रेलियामा आधारित वैज्ञानिकहरूले बिहीबार इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ) मार्फत विश्वको पहिलो कङ्गारु भ्रूण उत्पादन गरेको बताएका छन् । यसलाई उनीहरूले खतरामा परेका मार्सुपियलहरू बचाउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा प्रशंसा गरेका छन् ।
क्विन्सल्याण्ड विश्वविद्यालयको नेतृत्वमा रहेको टोलीले भविष्यमा दुर्लभ मार्सुपियलहरूका लागि आइभिएफ प्रयोग गर्ने लक्ष्यका साथ यो प्रविधि पूर्वी खैरो कङ्गारुहरूमा प्रयोग गरेको बतायो । यिनीहरूको सङ्ख्या लाखौँमा छ ।
“अस्ट्रेलिया विश्वकै सबैभन्दा विविध मार्सुपियल जीवजन्तुहरूको घर हो तर यहाँ स्तनपायी विलुप्त हुने दर पनि सबैभन्दा बढी छ”, प्रमुख अनुसन्धानकर्ता आन्द्रेस गाम्बिनीले विज्ञप्तिमा भने, “हाम्रो अन्तिम लक्ष्य कोआला, तास्मानियन डेभिल, उत्तरी रौँ भएको नाकवाला वोम्ब्याट र लिडबिटर पोसम जस्ता लोपोन्मुख मार्सुपियल प्रजातिहरूको संरक्षणमा सहयोग गर्नु हो ।”
वैज्ञानिकहरूले एकल शुक्राणुलाई सिधै परिपक्व अण्डामा प्रवेश गराउने प्रविधिद्वारा भ्रूणहरू उत्पादन गरे ।
“पूर्वी खैरो कङ्गारुहरूको सङ्ख्या धेरै भएकाले हामीले घरेलु जनावर र मानिसहरूमा पहिले नै प्रयोग गरिएका भ्रूण प्रविधिहरूलाई अनुकूल बनाउने मोडेलका रूपमा प्रयोग गर्न तिनका अण्डा र शुक्राणु सङ्कलन गर्यौँ”, गाम्बिनीले भन्नुभयो, “हामी अहिले मार्सुपियल अण्डा र शुक्राणु सङ्कलन, संवर्धन र संरक्षण गर्ने प्रविधिहरू परिष्कृत गर्दैछौँ ।”
उचित सहकार्य, कोष र प्राविधिक प्रगतिका साथ एक दशकभित्र आइभिएफ–सहायता प्राप्त मार्सुपियल जन्म सम्भव हुनसक्ने अनुसन्धानकर्ताले बताएका छन् ।
अस्ट्रेलियामा कङ्गारुको कूल सङ्ख्या तीन करोडदेखि छ करोडबीचमा उतारचढाव हुन्छ र जनसङ्ख्या नियन्त्रणका लागि तिनीहरूलाई प्रायः मारिन्छ ।
यी जनावरहरूको ‘वृद्धि र पतन’ जनसङ्ख्या चक्र हुन्छ । जब राम्रो वर्षा मौसमपछि चारा प्रशस्त हुन्छ तिनीहरूको सङ्ख्या करोडौँले बढ्न सक्छ । तर केही अन्य मार्सुपियल जनसङ्ख्या धेरै नै जोखिममा छन् ।
उदाहरणका लागि २० हजारदेखि ५० हजार तास्मानियन डेभिलहरू मात्र जङ्गली अवस्थामा बाँचेका छन् भन्ने अनुमान गरिएको छ । यिनीहरू सन् १९९० को दशकको मध्यतिर रहस्यमय अनुहारको ट्युमर रोग पहिलो पटक देखा पर्नुअघि एक लाख ५० हजारसम्म थिए ।
ङ्गारु आइभिएफ अनुसन्धान प्रजनन, प्रजनन क्षमता र विकास नामक सहकर्मी–समीक्षित जर्नलमा प्रकाशित भएको छ । रासस
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया