बंगलादेशमा फेरि किन भड्कियो हिंसा ?

काठमाडौं । बंगलादेशमा फेरि हिंसा भड्किएको छ।
बुधबार राति पूर्व प्रधानमन्त्री शेख हसिनाका विरोधीहरूले ढाकाको धनमन्डी-३२ मा रहेको उनका बुबा शेख मुजीबुर रहमानको घरमा आगजनी गरेका छन् । उनीहरूले घरसमेत भत्काइदिएको बीबीसी बंगलामा उल्लेख छ ।
रहमानको घर र सङ्ग्रहालयमा गत वर्ष विद्यार्थी नेतृत्वको क्रान्तिको क्रममा आगो लगाइएको थियो । उक्त क्रान्तिले हसिनाको १५ वर्षको निरङ्कुश शासनको अन्त्य गरेको थियो ।
आन्दोलन चर्किएसँगै ५ अगस्ट २०२४ मा शेख हसिना देश छाडेर भारत गएकी थिइन् । उनी अहिलेसम्म फर्किएकी छैनन् ।
हसिनाको ढलेपछि बंगलादेशमा अन्तरिम सरकार बनाइएको थियो।
फेरि किन भड्कियो हिंसा ?
आवामी लिगले ६ फेब्रुअरी अर्थात् आजका लागि देशव्यापी प्रदर्शनको आह्वान गरेको थियो । लिगले प्रस्ताव गरेको देशव्यापी विरोध प्रदर्शनको पहिला नै कैयौं सहरमा बुधबार राति हिंसा भड्किएको हो ।
विद्यार्थी संगठन ‘२४ रिभोल्युसनरी स्टुडेन्ट- जनता’ले ‘बुलडोजर मार्च’ निकाल्ने घोषणा गरेपछि हिंसा सुरु भएको हो। प्रदर्शनकारीहरू ‘शेख हसिनालाई फाँसी दे’ भन्दै नारा लगाइरहेका थिए।
आक्रमणबारे अन्तरिम सरकारले अहिलेसम्म कुनै औपचारिक टिप्पणी गरेको छैन । सुरक्षा बलहरूले प्रदर्शनकारीहरूलाई भवनहरूमा आक्रमण गर्न दिएर हेरिरहेका छन् ।
छिमेकका एक निजी सुरक्षा गार्डले परिवारहरूले भरिएका नजिकैका भवनहरूमा आगो फैलिने डरले उनले फायर सर्भिसलाई एक दर्जनभन्दा बढी पटक फोन गरेको बताए ।
“हामीले आफैँले बिजुलीको लाइन काटिदिएका छौँ”, जमाल उद्दीनले भने, “स्थिति कहिले सामान्य हुनेछ मलाई थाहा छैन ।”
रहमानको पूर्व निवास नजिक बस्ने एक पसलेले अराजकताप्रति चिन्ता व्यक्त गरे । “यो तोडफोड राम्रो सङ्केत होइन”, बोलेकोमा प्रतिशोधको डरले नाम नखुलाउन अनुरोध गर्दै उनले भने ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया