बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग

मकवानपुर । बागमती प्रदेश सभाको आज बसेको बैठकमा प्रदेश सभा सदस्यहरूले बाढीपीडित परिवारलाई पुनः बसोबास गर्नुपर्ने र भौतिक पूर्वाधार विकासको संरचनाका लागि प्रदेश सरकारले तत्काल बजेट विनियोजित भएअनुसार कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् ।
प्रदेश सभा बैठकको विशेष समयमा सदस्यहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा तत्काल गर्नुपर्ने काम/कारबाही र बजेट अपुगका बारेमा धारणा राखेका थिए । बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सदस्यहरूले आ-आफ्नो निर्वाचन क्षेत्रका लागि अत्यावश्यक योजनाहरूमा क्रमशः खानेपानी, सडक निर्माण, बाढी पहिरोबाट पीडितलाई पुनः बसोबास गर्न र विपद् आइपर्नुभन्दा अगाडि प्रदेश सरकार पूर्ण तयारीका साथ रहनुपर्ने माग गरे। उनीहरूले जनताको चाहना असीमित रहेको छ, तर प्रदेश सरकारको बजेट अत्यन्तै कम भएको हुँदा ती क्षेत्रको योजनालाई पुनः समीक्षा गरेर क्रमशः बजेट वृद्धि गर्दै लैजान सरकारलाई दृढताका साथ अघि बढ्नुपर्ने माग गरे ।
यसैगरी, प्रत्येक निर्वाचन क्षेत्रमा खानेपानीको साथै स्वास्थ्य उपचारलाई उच्च प्राथमिकता दिनुपर्ने र शिक्षालाई गुणात्मक स्तर वृद्धि गर्न प्रत्येक वडामा मावि, निमावि र प्राविमा शिक्षक दरबन्दी उपलब्ध गराउनेतर्फ उनीहरुको जोड थियो । विभिन्न जिल्लामा वन्यजन्तुबाट धनजनको क्षति र पीडित परिवारलाई राहात उपलब्ध गराउनुपर्ने, बाढी नियन्त्रण गर्न तटबन्ध निर्माणलगायतका योजना बनाउन प्रदेशसभा सदस्यहरूले माग गरेका छन् ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया