तीस किलोको खुकुरी, मूल्य सुन्दा पर्नुहुन्छ चकित

पाल्पा।एउटै खुकुरीको मूल्य रू एक लाख ११ हजारभन्दा बढी १ पत्यार नलाग्न सक्छ, तर यो सत्य हो। सन्तोष विश्वकर्माले ३० किलो तौल भएको, १ लाख ११ हजार १ सय ११ मूल्य पर्ने खुकुरी तयार पारेका छन्।
उनले तयार पारेको खुकुरी रामपुरमा जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा प्रदर्शनीमा राखिएको छ। खुकुरी यतिबेला मेलाको मुख्य आकर्षण बनेको छ। नेपालीको सानको रूपमा लिइने खुकुरीको महत्त्व जोगाइराख्न र नयाँ पुस्तालाई जानकारी दिन ३० किलो तौल भएको खुकुरी तयार पारेको बताए।
उनले तयार पारेको ३० किलो खुकुरी आठ फिट लम्बाइको छ भने दापसहित ४२ किलोको छ। तीन जना व्यक्तिको सहायता लिएर २० दिनमा खुकुरी तयार पारेको उनले बताए। खुकुरी निर्माणमा ज्याला खर्चबाहेक रू ३० हजार बराबरको खर्च भएको उनले जानकारी दिए। विश्वकर्माले प्रदर्शनीमा राखेको खुकुरीले दर्शकको मन जितिरहेको छ।
मेला अवलोकन गर्न आउने दर्शकले रोचक मान्दै खुकुरी अवलोकन गर्ने, फोटो, भिडियो खिच्ने तथा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्न थालेपछि धेरै चर्चा बटुलेको छ। विश्वकर्माले खुकुरीका अलावा कृषि तथा घरायसी प्रयोजनका लागि आवश्यक फलामका औजार पनि मेलाको अवसरमा बिक्रीका लागि राखेका छन्।
“नेपालीको सान खुकुरी हो, यसको महत्त्व नयाँ पुस्तालाई जानकारी दिन स्थानीय स्तरमा हुने मेला, महोत्सवमा प्रदर्शनीका लागि लैजाने गर्छु। खुकुरीसँगै अन्य कृषि तथा घरायसी प्रयोजनका लागि आवश्यक पर्ने औजार प्रदर्शनीमा राख्दै आएको छु”, उनले भने।
स्याङ्जाको वालिङ नगरपालिका–८ स्थित विश्वकर्मा आरन उद्योगका सञ्चालक विश्वकर्माले घर सजावटका लागि खुकुरी खोजिने भएकाले आफूले तयार पार्ने गरेको बताए। यसअघि १३ केजी तौल भएको रू ४५ हजार र २० केजी तौलको खुकुरी रू ५५ हजारमा बिक्री गरिसकेको जानकारी दिए।
रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा गत माघ १५ गतेदेखि सुरू भएको चौथो रामपुर महोत्सव तथा व्यापार मेला २७ गतेसम्म चल्नेछ। मेलामा स्थानीय उत्पादनमा दर्शकको आकर्षण बढिरहेको छ।
















Demonstration held in Kakarvitta demanding justice to Inisha
चीनद्वारा नयाँ उपग्रह ‘याओगान–५०–०२’ प्रक्षेपण
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
प्रतिक्रिया