टि-ब्यागको चिया खानेलाइ क्यान्सारको खतरा बढीः अनुसन्धान

काठमाडौं । अहिलेको समयमा ‘टी ब्याग’ को चलन निकै बढेको छ । सामान्य चियापसल देखि होटलसम्म सबै ठाउँमा टि ब्यागबाट चिया दिने गरिएको छ ।
तर, भर्खरैको अनुसन्धानले पत्ता लगाएको छ कि टि ब्यागमा लाखौं हानिकारक माइक्रो प्लास्टिकहरू हुन्छन्, जसले क्यान्सरको जोखिम निम्त्याउँने देखिएको छ । यसले हाम्रो स्वास्थ्यलाई मात्र हानि पुर्याउँछ। यसले धेरै प्रकारका रोगहरूलाई निम्तो पनि दिने गरिएको छ ।
स्पेनमा हालै गरिएको एक अनुसन्धानले पत्ता लगाएको छ कि यी ट चिया झोलाको बाहिरी तह बनाउन प्रायः पोलिएस्टर नामक सामग्री प्रयोग गरिन्छ। जब यसलाई तातो पानीमा राखिन्छ, ठूलो मात्रामा माइक्रोप्लास्टिक र नानोप्लास्टिक्स (प्लास्टिकको धेरै सानो टुक्रा) र रेशायुक्त संरचनाहरू निस्किन्छन्। जो हाम्रो शरीरका लागि निकै हानिकारक हुन्छन् ।
आजको व्यस्त जीवनमा मानिससँग समय कम छ । यस्तो अवस्थामा मानिसहरु आफूसँग रेडिमेड चिया अर्थात टि ब्याग राख्छन् ताकि उनीहरुलाई आवश्यक पर्ने ठाउँमा चिया पिउन सकून् ।
टि ब्यागको अत्याधिक सेवन हानिकारक हुनसक्छ किनभने यसमा पाइने ट्यानिन्स एन्टी–एब्जर्बेन्ट र एन्टी–पोषक तत्व हुन्छन्। जसले धेरै पोषक तत्वहरूलाई अवशोषित हुन दिँदैन। यसबाहेक, टि ब्यागको प्रयोगका कारण यसमा रहेको माइक्रोप्लास्टिक हाम्रो शरीरको आन्द्रामा पुगेर हानि पु¥याउन सक्छ । साथै, यसले स्मरणशक्तिमा पनि ठूलो प्रभाव पार्छ ।
बार्सिलोनाको अटोनोमस युनिभर्सिटीका शोधकर्ताहरूका अनुसार यी कणहरू हाम्रो आन्द्राका कोशिकाहरूमा प्रवेश गर्छन् र त्यहाँबाट हाम्रो रगतमा प्रवेश गरी शरीरभर फैलिन्छन्। अन्वेषकहरूले बजारमा उपलब्ध विभिन्न प्रकारका टि ब्यागहरू जाँच गर्दा तिनीहरूले माइक्रोप्लास्टिक र नानोप्लास्टिकहरू जस्तै नायलन–६, पोलीप्रोपाइलिन र सेल्युलोज फेला पारेका थिए । जो हाम्रो शरिरका लागि उपयुक्त छैनन् ।













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया