मंगलबार, वैशाख ८, २०८३

महिला टी २०आई त्रिकोणीय क्रिकेट शृङ्खलाकि उत्कृष्ट नेपाली खेलाडी यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडबाट पुरस्कृत

मेरोन्यूज २०८१ माघ २६ गते ८:५९

काठमाडौं । नेपालमा आयोजित महिला टी२०आई त्रिकोणीय क्रिकेट शृङ्खला २०२५ सम्पन्न भएको छ। सहभागी तीन राष्ट्रहरू नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डले प्रस्तुत गरेको रोमाञ्चक प्रदर्शन, दृढ संकल्प र उत्कृष्ट खेल भएको थियो ।  प्रतियोगिताको टाइटल प्रायोजकको रूपमा यामाहा नेपालले शृङ्खलाकि उत्कृष्ट नेपाली खेलाडीलाई उनको अविश्वसनीय योगदानको प्रशंसास्वरूप ब्रान्ड न्यू यामाहा रेजेडआर १२५एफआई हाइब्रिड प्रदान गर्दै नेपाली महिला क्रिकेटको उपलब्धिलाई सम्मान गरेको छ।

Advertisement
NiccNicc

फाइनल खेलपछि आयोजित समारोहमा एमएडब्ल्यू राइड्सकी मार्केटिङ प्रमुख सलिना शर्माले नेपाली क्रिकेट टोलीकी सदस्य पुजा महतोलाई शृंखलामा देखाएको प्रदर्शन, समर्पण र प्रतियोगितामा राखेको प्रभावको कदर गर्दै स्कुटरको साँचो हस्तान्तरण गरिका थिए। यो पुरस्कार नेपाली खेलकुद, विशेष गरी देशमा महिला क्रिकेटको उदयको लागि यामाहाको निरन्तर समर्थनको प्रतीक हो।

श्रृंखलाकी सर्वश्रेष्ठ नेपाली खेलाडीलाई प्रस्तुत गरिएको यामाहा रेजेडआर १२५एफआई हाइब्रिड यसको उत्कृष्ट इन्धन दक्षता, हल्का तौलयुक्त डिजाइन, हाइब्रिड पावर असिस्ट टेक्नोलोजी रहेको कम्पनीको भनाइ  छ ।  उन्नत सुविधाहरूको लागि परिचित छ जसले यसलाई प्रतियोगिताभरि छाएका स्पीड, एजिलिटी र रेजिलियन्सलाई मूर्त रूप दिने च्याम्पियनहरूको लागि एक उत्तम सवारी बनाउँछ।

प्रतिक्रिया