पाँच करोडको ढुंगा दिन्छु भन्दै पोखरामा साढे १३ लाख ठगी

काठमाडौं । पाँच करोड मूल्य पर्ने बहुमूल्य ढुंगा दिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले दुई युवती र एक पुरुषलई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्वत फेवास नगरपालिका-५ घर भई हाल पोखरा महानगरपालिका-१७ छोटेपाटन बस्ने ३१ वर्षीया इन्दिरा विक, ३६ वर्षीय राजन विक र खोटाङ हलेसी नगरपालिका-१ बस्ने २७ वर्षीया जुनु भन्ने लक्ष्मी राई रहेका छन्।
उनीहरूलाई पोखरा महानगरपालिका-६ कसाइडबाट बिहीबार अपराह्न पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकृत प्रहरी निरीक्षक अविनाश दिप जिसीले बताए।
उनीहरूविरूद्ध पोखराकै कुन्ती सुब्बा गुरुङले जाहेरी दिएपछि प्रहरीले खोजी थालेको थियो। उनीहरूलाई खोज्न गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोली खटिएको थियो।
प्रहरी निरीक्षक जिसीका अनुसार पक्राउ परेकाहरूले सुब्बालाई पाँच करोड पर्ने बहुमूल्य ढुंगा दिन्छु भनेर १३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
‘सो ढुंगा के कसो हो, बहुमूल्य हो वा होइन अपत्यारिलो लागेपछि शंका लागेर पीडितले जाहेरी दिएका थिए,’ जिसीले भने, ‘पक्राउ व्यक्तिहरूको साथबाट केही ढुंगा बरामद भएका छन्, तर तिनीहरू के-कस्ता हुन् खुल्न बाँकी छ।’
लेकसाइडमा कोठा भाडामा लिएर बस्दै आएका उनीहरूमध्ये इन्दिरा र राजनको कोठाबाट प्रहरीले सेतो रंगको पारदर्शी ढुंगा ६ थान, रातो रंगको ढुंगा १ थान, विभिन्न बैंकका ३१ लाख बराबरका ४ थान चेक र मोबाइल ३ थान बरामद गरेको छ।
तिनै जनालाई शुक्रबार जिल्ला अदालत कास्कीबाट ठग सम्बन्धी मुद्दामा सात दिन थुनामा राख्न अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

















बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया