अर्जुन ट्रफी क्रिकेट : सेमिफाइनलका खेल आजदेखि, डडेल्धुरा र बुटवल भिड्दै

फाप्ला । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका सेमिफाइनलका खेलहरू आजदेखि हुँदैछन् । फाप्ला क्रिकेट मैदानमा आज दिउँसो सवा १२ बजे हुने पहिलो सेमिफाइनल खेलमा फ्रेन्ड्स युथ क्लब डडेल्धुरा र न्यू होराइजन बुटवलबीच प्रतिस्पर्धा हुनेछ । डडेल्धुरा समूह ए को विजेताको रूपमा सेमिफाइनल पुगेको हो भने बुटवल समूह बी को उपविजेता बनेर अन्तिम चारमा पुगेको हो ।
त्यस्तै दोस्रो सेमिफाइनल खेलमा सिवाइसी अत्तरिया र डिसिए धनगढीबीच भोलि (माघ २७ गते) हुनेछ । गो ड्रिमर्सको आयोजना तथा नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डरअनुसार भइरहेको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद रू १० लाख र उपविजेताले नगद रू पाँच लाखसहित ट्रफी पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही रू ५०–५० हजार पाउने छन् ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया