बुढासुब्वा गोल्डकप : एनआरटी र चर्च ब्वाइजबीच आज उपाधि भिडन्त

काठमाडौं । २५औँ संस्करणको बुढासुब्वा गोल्डकप फुटबलमा आज साविक विजेता न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेडबीच आज उपाधि भिडन्त हुँदैछ ।
धरान उपमहानगरपालिका- १६ स्थित रङ्गशालामा हुने फाइनल भिडन्तमा एनआरटी दोस्रो पटक उपाधि चुम्ने लक्ष्यमा रहँदा चर्च ब्वाइज पहिलो उपाधिको खोजीमा रहने छ ।एनआरटी सेमिफाइनलमा यूकेएफसी भारतलाई हराउँदै फाइनलमा पुगेको हो भने चर्च ब्वाइजले सेमिफाइनलमा भुटानको आरटीसीलाई हराएको थियो ।
१० टोली सहभागि प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले नगद पाँच लाख पुरस्कार पाउने छन् ।
यस्तै, उत्कृष्ट खेलाडीले नगद एक लाख र प्रत्येक खेलको प्लेयर अप द म्याचले १५ हजार सर्वाधिक गोलकर्ताले ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मीड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार पुरस्कार पाउने छन् ।
प्रतियोगितामा एनआरटी क्लब काठमाडौं, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकेडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृति क्लब, युके एफसी भारत, मच्छिन्द्र क्लब काठमाडौं, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, र धरान फुटबल क्लब सहभागि छन् ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रतिक्रिया