सप्तरीमा स्कार्पियोबाट ७११ किलो गाँजा बरामद, चालक फरार
मेरोन्यूज
२०८१ माघ २६ गते १९:३९

काठमाडौं। प्रहरीले स्कार्पियोमार्फत् तस्करी गरिँदै गरेको ७११ किलो गाँजा बरामद गरेको छ।
शनिबार बिहान राति साढे १ बजे प्रहरीले बोदेबर्साइन नगरपालिका-३ हुलाकी राजमार्गबाट स्कार्पियो र गाँजा बरामद गरेको हो।
चन्हीबाट बोदेबर्साइनतर्फ आउँदै गरेको प्रदेश-१-०२-००२च ५८३४ नम्बरको स्कारपियोमा प्रहरी चौकी मौवाहाको टोलीले चेकजाँचमा गाँजा फेला पारेको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए।
बस्नेतका अनुसार प्रहरी टोलीलाई देखेपछि चालक स्कारपियो छोडेर फरार भएका थिए। उक्त स्कार्पियोमा ३० वटा प्लाष्टिकको बोरामा गाजा भेटिएको थियो।
बरामद गाँजा र स्कार्पियो गाडीबारे जिल्ला प्रहरी कार्यालय कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ। फरार चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया