सप्तरीमा स्कार्पियोबाट ७११ किलो गाँजा बरामद, चालक फरार
मेरोन्यूज
२०८१ माघ २६ गते १९:३९

काठमाडौं। प्रहरीले स्कार्पियोमार्फत् तस्करी गरिँदै गरेको ७११ किलो गाँजा बरामद गरेको छ।
शनिबार बिहान राति साढे १ बजे प्रहरीले बोदेबर्साइन नगरपालिका-३ हुलाकी राजमार्गबाट स्कार्पियो र गाँजा बरामद गरेको हो।
चन्हीबाट बोदेबर्साइनतर्फ आउँदै गरेको प्रदेश-१-०२-००२च ५८३४ नम्बरको स्कारपियोमा प्रहरी चौकी मौवाहाको टोलीले चेकजाँचमा गाँजा फेला पारेको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए।
बस्नेतका अनुसार प्रहरी टोलीलाई देखेपछि चालक स्कारपियो छोडेर फरार भएका थिए। उक्त स्कार्पियोमा ३० वटा प्लाष्टिकको बोरामा गाजा भेटिएको थियो।
बरामद गाँजा र स्कार्पियो गाडीबारे जिल्ला प्रहरी कार्यालय कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ। फरार चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।
सम्बन्धित
















मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया