समाजसेवा चेतना पुरस्कारबाट उपसभामुख राना मगर सम्मानित

मोरङ । चेतना संरक्षण प्रतिष्ठान विराटनगरले साहित्य, संस्कृति, कला, पत्रकारितालगायत विधामा विभिन्न व्यक्तिलाई पुरस्कार प्रदान गरेको छ ।
प्रतिष्ठानको २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरलाई ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार प्रदान गरिएको हो । उनलाई रु. ५१ हजार राशिको उक्त पुरस्कार एवं सम्मान पत्र प्रतिष्ठानका अध्यक्ष गंगा सुवेली, पुरस्कार संस्थापक दीनबन्धु गोयल र प्राडा बाबुराम तिमिसिना प्रदान गरे ।
यसैगरी, धर्मानन्द रामप्यारी सिटौला रु. एक लाख ५१ राशिको साहित्य चेतना पुरस्कार यस वर्ष साहित्यकार चुडामणि बन्धुलाई प्रदान गरिएको छ । साथै बालकिसन/नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म संस्कृति चेतना पुरस्कार भानुभक्त जोशी (बझाङ) लाई प्रदान गरिएको छ ।
रु. ५१ हजार राशिको नरेश सुवेदी पत्रकारिता पुरस्कार पत्रकार कमल पौडेल (मोरङ) भूपेन्द्र शोभा रिजाल ललितकला चेतना पुरस्कार कलाकार सन्तोष पन्त (काठमाडौँ) डा. नरेन्द्ररयोगमाया भवानीशंकर चापागाईँ युवा प्रतिभा चेतना पुरस्कार युवा प्रतिभा रामजी राम (रौतहट) केदारनाथ/मञ्जु सत्याल बाल प्रतिभा चेतना पुरस्कार बाल प्रतिभा आभाष ढकाल (स्याङ्जा) लाई प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । यसैगरी, रु. एक लाख एक हजार राशिको जगत्बन्धु/श्रीमती अञ्जु कार्की चेतना पुरस्कार सोमराज कट्टेललाई प्रदान गरिएको छ ।
सो अवसरमा उपसभामुख मगरले पुरस्कारको रकम झापाका युवाहरूलाई स्वरोजगार मूलक सीप विकाससम्बन्धी तालिम सञ्चालनका लागि प्रदान गर्ने बताइन् । उनले असहाय बालबालिकाको सेवा एवं संरक्षणले मुलुकमा परिवर्तन ल्याउनाका साथै समृद्धि कायम गर्न सकिने विचार राखिन् । प्रतिष्ठानका अध्यक्ष सुवेदी, प्राडा तिमिल्सिना, पुरस्कार संस्थापक गोयललगायतले यस प्रकारका पुरस्कार वितरणले समाजमा साहित्य तथा कला संस्कृति संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।















यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध
मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
प्रतिक्रिया