गाजाबाट मुक्त भएका थाई बन्धक बैङ्कक आइपुगे

बैङ्कक। गाजामा एक वर्षभन्दा बढी समयदेखि बन्धक बनाइएका थाई कृषि मजदुरका परिवार आइतबार बैङ्कक आइपुगेका छन् ।
सन् २०२३ को अक्टोबर ७ मा प्यालेष्टिनी इस्लामिक सशस्त्र लडाकू (हमास) समूहले इजरायलमा गरेको आक्रमण बनाइएका वाचारा श्रीऔन, पोङसाक तन्ना, साथियान सुवान्नाखाम, सुरसाक लामनौ र बन्नावत सेथाओ आइतबार बिहान ७ः३० बजे बैङ्कक आइपुगेका हुन् ।
स्वदेश फर्किएसँगै आफ्ना प्रियजनलाई अँगालो हाल्दै उनीहरू भावविह्वलश बनेका थिए । उनीहरू परिवारसँगको पुनर्मिलनपछि खुशीमा रोएका देखिन्थे ।
गाजा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको युद्धविराम सम्झौताअन्तर्गत जनवरी ३० मा रिहा भएपछि बैङ्ककको सुवर्णभूमि विमानस्थलको आगमन कक्षमा प्रवेश गर्दा पाँचै जना थाई नागरिक मुसुक्क हाँसेका थिए ।
बन्धकमध्ये एकका पिता सोम्बोन सेथाओले छोरोको रिहाइबाट आफू निकै खुसी भएको र आफ्नो परिवारले आफ्नो छोरा बन्नावतलाई थाइल्याण्डमा परम्परागत समारोहका साथ स्वागत गर्ने बताए ।
सोम्बोनले के छोरालाई फेरि विदेश पठाउनुहुन्छ भन्ने प्रश्नमा एएफपीसँग भने, “उनी अब फेरि घरबाट टाढा नजाउन भन्ने रहुन् भन्ने म चाहन्छु ।”
उनका अनुसार आफ्नो छोरा अपहरणहुनुभन्दा नौ महिनाअघि परिवारका लागि राम्रो आम्दानीको खोजीमा इजरायल गएका थिए ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा ३१ जना थाई नागरिकको अपहरण गरिएको थियो, जसमध्ये २३ जनालाई सोही वर्षको अन्त्यसम्ममा रिहा गरिएको थियो भने मे महिनामा दुई जनाको मृत्यु भएको पुष्टि भएको थियो ।
एक जना थाई नागरिक अझै पनि गाजामा जीवित रहेको विश्वास गरिन्छ।
गत महिना दक्षिणी गाजाको खान युनिसमा बन्धक बनाइएका पाँच जनालाई सुपुर्दगी गर्दा इस्लामिक जिहाद र हमासका लडाकुहरूले सयौँ दर्शकलाई रोक्न सङ्घर्ष गरिरहेको अराजक दृश्यहरू देखा परेका थिए ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया