साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ‘राष्ट्रिय टेन के रन’ प्रतियोगिता आयोजना गर्ने

काठमाडाैं। साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आगामी फागुन ११ गते शाइन रेसुङ्गा ‘राष्ट्रिय टेन के रन’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
‘रन टु साइन’ नाराका साग बैंकले १७ औन् वार्षिकोत्सवको अवसरमा एथलेटिक्समा लोकप्रिय विधाको रूपमा रहेको १० किलोमिटरको राष्ट्रिय स्तरको दौड प्रतियोगिताको सुरुवात गर्न लागेको हो ।
राष्ट्रिय स्तरका धावक सहभागी रहने प्रतियोगिताको पुरस्कार राशी ५ लाख रुपैयाँ राखिएको छ । प्रतियोगितामा खुल्ला, स्थानीय ( ५० बर्ष सम्म र स्थानीय ( ५० वर्ष भन्दा माथिका गरी तीन विधा रहेका छन् ।
प्रतियोगिताको पुरुष तथा महिला विधाका विजेता धावकले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले जनही ४० हजार, तेस्रो हुनेले २० हजार, चौथोँ हुनेले १५ हजार र पाँचौं हुनेले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै, स्थानीय धावकको सहभागीता बढाउन ५ किलोमिटरको दौडमा ५० बर्ष सम्म र ५० वर्ष भन्दा माथीको गरि दुई विधा राखिएको छ । विजेता महिला पुरुष खेलाडीले जनही १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा धावकले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आधिकारिक वेबसाइट धधध।कचमद।अयm।लउ मा गई अथवा सिधँै जततउकस्ररकचमद।अयm।लउरअबmउबष्नलरकजष्लभचभकगलनबचगल लिंकमा गएर नाम दर्ता गर्न सक्नेछन् । दौड बैंकको केन्द्रिय कार्यालय कालिकानगरबाट सुरु भएर मणिग्राम चोक हुँदै पुन केन्द्रिय कार्यालयमा पुगेर समापन हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगितामा स्थानीय पालिकाहरुको समेत समन्वय र सहकार्य हुनेछ । प्रतियोगिताको व्यवस्थापन र अपरेसनमा कखरा इभेन्ट जोडिएको छ ।
वित्तिय क्षेत्रमा विगत १६ वर्षदेखि सेवा उपलब्ध गराउँदै आएको नेपालको लोकप्रिय बैंकको रुपमा रहेको साइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापमा आफूलाई अग्रणी रूपमा सामेल गर्दै आएको छ ।
त्यसैको निरन्तरता स्वरूपमा खेलकुदमार्फत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यसहित राष्ट्रिय स्तरको दौड प्रतियोगितालाई घोषणा गरेको बैंकले जनाएको छ ।













ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
बजारमा ग्यास अभाव, आयात भने नियमित
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया