तरुण कप भलिबल प्रतियोगिता आगामी फागुनमा

गलेश्वर (म्याग्दी)। जिल्लाको दरबाङ र नारच्याङमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको आयोजनामा तरुण कप भलिबल प्रतियोगिता– २०८१ हुने भएको छ ।
म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता आगामी फागुन ७, ८ र ९ गते मालिका गाउँपालिका–६ दरबाङमा र म्याग्दी क्षेत्र ‘क’ अन्तर्गत वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता एवं अन्तरपालिका जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता फागुन १४, १५ र १६ गते अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा हुने आयोजकले जनाएको छ ।
तरुणदल म्याग्दीका अध्यक्ष श्रीप्रसाद रोका मगरले तरुण कप–२०८१ को तयारीलाई तीव्र पारिएको जानकारी गराए । दुवै प्रतियोगिताको पुरुष विधातर्फका विजेताले एक लाख ११ हजार एक सय ११ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । उपविजेतालेरु ६६ हजार ६६६ ट्रफी मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।
त्यसैगरी महिला भलिबल विधाका विजेताले ७७ हजार सात सय ७७ र उपविजेताले ४४ हजार ४४४ ट्रफी मेडलका साथमा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
१५ लाख ५० हजार बढी खर्च अनुमान गरिएको छ । आयोजनाबाट खर्च कटाएर आम्दानी भएको रकमले दुर्गम क्षेत्रलाई लक्षित गरेर शिक्षा ,स्वास्थ्यलगायत क्षेत्रमा खर्च गर्ने तरुणदल म्याग्दीले जनाएको छ ।
















गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
प्रतिक्रिया