मेक्सिकोमा बस दुर्घटना, कम्तीमा ३० जनाको मृत्यु

मेक्सिको सिटी । मेक्सिकोको दक्षिणी क्षेत्रमा बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको पत्यक्षदर्शीले बताएका छन् ।
स्थानीय अधिकारीले अहिलेसम्म मृतक सङ्ख्या पुष्टि गर्ने आधिकारिक विवरण सार्वजनिक गरेका छैनन् ।
स्थानीय समयअनुसार शनिबार बिहान रिसोर्टहरूको शहर क्यानकुन र ताबास्को राज्यकोबीचमा यात्रा गरिरहेको एउटा बस एस्कार्सेगा शहरमा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।
अधिकारीहरुले नौ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताएका छन् भने स्थानीय सञ्चारमाध्यमले कम्तीमा ३० जनाको मृत्यु भएको समाचारमा जनाएका छन् ।
एस्कारसेगा रहेको क्याम्पेचे राज्यकी प्रशासन प्रमुख एलिसा हर्नान्डेजले भने, “हामीसँग मृत्यु हुनेको आधिकारिक सङ्ख्या अझै प्राप्त भइसकेको छैन । मृतकको शरीर क्षतविक्षत भएकोले तिनीहरूलाई सङ्कलन गरी पहिचान गर्ने कमाम भइरहेको छ ।”
ताबास्को राज्यका गभर्नर जाभियर मेले सामाजिक सञ्जाल एक्समा भनेका छन् , “यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा भयानक दुर्घटना भएको छ र यस दुःखद् क्षणमा हामी मृतकका परिवा्जनमा समवेदना प्रकट गर्दछौँ ।”
“हामी दुर्घटनापछिको आवश्यकता अनुसार सङ्घीय र क्याम्पेचे अधिकारीहरूसँग समन्वय गरिरहेका छौँ,” उनले भने ।
साँझसम्ममा ताबास्को राज्यको महान्यायाधिवक्ताको कार्यालयले एक विज्ञप्ति जारी गर्दै क्याम्पेचेका अधिकारीहरू र फरेन्सिक विज्ञान निर्देशनालयसँग मिलेर ‘पीडितहरूको पहिचान गर्न सहज हुने आनुवंशिक परीक्षण’ गर्न काम गरिरहेको बताएको छ।
“प्रभावित परिवारप्रति हाम्रो समवेदना छ,” विज्ञप्तिमा भनिएको छ।
बस सञ्चालन गर्ने कम्पनीले अनुसन्धानका लागि अधिकारीहरूसँग पनि सहकार्य गरिरहेको जनाएको छ ।
’हामीले आफ्ना प्रिय सहकर्मी, सेवाग्राही र साथीहरू गुमाएका छौँ,’ विज्ञप्तिमा भनिएको छ। “यस कठिन समयमा हामी उनीहरूको प्रशासनसँगको ऐक्यबद्धता र समझदारीको कदर गर्दछौँ।”
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया