घर भाँडामा लिएर भरुवा बन्दुकको कारखाना, १ जना पक्राउ

काठमाडौं । घर भाडामा लिएर भरुवा बन्दुक बनाउने कारखाना सञ्चालन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले शनिबार मकालु नगरपालिका-५ का २९ वर्षीय हेमराज विश्वकर्मालाई पक्राउ गरेको हो।
संखुवासभा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार विश्वकर्मालाई खाँदबारी नगरपालिका-१ पाठकधाराबाट पक्राउ गरिएको हो।
लामिछानेका अनुसार विश्वकर्मा मकालु नगरपालिका-५ खोत्ताकस्थित एक घरमा भाडामा बस्दै आएका थिए।
‘सो घरमा उनले हातहतियार बनाउने गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय देहाङ्नाको टोली कोठा खानतलासी गर्न पुगेको थियो,’ प्रहरी निरीक्षक लामिछानेले भने, ‘प्रहरी टोली पुग्दा उनी कोठामा थिएनन्, प्रहरीले भागेको अवस्थामा पाठकधाराबाट पक्राउ गरेको हो।’
प्रहरीले विश्वकर्माको कोठाबाट लोड भएको भरुवा बन्दुक एक थान बरामद गरेको छ। यस्तै, कोठाबाट भरुवा बन्दुकको नाल दुई थान बरामद गरिएको लामिछानेले बताए।
विश्वकर्माको कोठाबाट प्रहरीले भरुवा बन्दुकमा प्रयोग हुने गोली, बारुदलगायत बरामद गरेको छ।
यसैगरी, सोडाजस्तो देखिने पदार्थ दुई किलो, भरुवा बन्दुकमा लाग्ने घोडीजस्तो फलामको टुक्रा चार थान, बरुवा बन्दुकको साइडमा लाग्ने घोडीजस्तो फलामको टुक्रा एक थान, छर्राजस्तो देखिने सिसाको टुक्रा २५ थान बरामद गरिएको लामिछानेले बताए।
यस्तै, भरुवा बन्दुकमा प्रयोग हुने ब्यारिङजस्तो पदार्थ ११७ थान, केप एक बट्टा, बारुद १०० ग्राम र सुवागजस्तो देखिने पदार्थ २०० ग्राम बरामद भएको लामिछानेले बताए।
विश्वकर्माविरूद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम हात हतियार तथा खरखजना मुद्दामा पाँच दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
















भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ
कैलालीको टीकापुरमा सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया