प्रज्ञापनपत्र नभएको ३३ लाख भन्दा बढिको लत्ताकपडासहित चालक नियन्त्रणमा
मेरोन्यूज
२०८१ माघ २७ गते १९:३८

सर्लाही । सशस्त्र प्रहरीले सर्लाही जिल्लाको मलंगवा नगरपालिका–४ स्थित शिवसागर चोकबाट यहि माघ २५ गते राती ३३ लाख ३२ हजार ५ सय रुपैयाँको लत्ताकपडा र भ्यानसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण सर्लाही र प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाले बा ८ च ८०१६ नम्बरको म्याजिक भ्यानलाई शंका लागि जाँच गर्दा विलविजक र प्रज्ञापन पत्र नभएको २५ लाख ३२ हजार ५ सय रुपैयाँको २ सय ४० पिस साडी र सिआरईपी कपडासहित गाडी नियन्त्रणमा लिएको हो ।
गाडी चालक बारा जिल्लाको पचरौता नगरपालिका–९ बेलवारी बस्ने ३७ बर्षिय लखिन्द्र राउत कुर्मीलाई समेत नियन्त्रणमा लिईएको छ ।
नियन्त्रणमा लिईएका राउतलाई गाडी र कपडासहित आवश्यक कारवाहीको लागि माघ २७ गते सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया