किन आउँछ सेतो दुबी ? यसबाट कसरी बच्न सकिन्छ ?

शरीरको कुनै पनि भागमा अचानक सेतो दागका कारण धेरैलाई समस्या भइरहेको पाइन्छ । यो एउटा शारीरिक सौन्दर्यताको समस्या पनि हो । चिकित्सककाअनुसार शरीरको कुनै पनि भागमा अचानक सेतो दाग आएको छ, तर कुनै पनि लक्षणहरू देखिँदैनन् भने त्यसलाई दुबी भनिन्छ । दुबी दुई वटा कारणले हुन्छ ।
बिना कारण छालामा अचानक सेतो दाग आउँछ भने त्यसलाई भिटिलाइगो दुबी भनिन्छ । कसै-कसैमा शरीरमा घाउ भएर वा एलर्जी भएर शरीरमा सेतो दाग बस्छ । त्यो पनि दुबी नै हो । तर, त्यसलाई ल्युको डर्मा भनिन्छ । दुबी शरीरको कुनै पनि भागमा आउन सक्छ । केही कारणले भएको दुबी ठिक हुन सजिलो हुन्छ । तर, बिना कारण आएको दुबी ठिक हुन समय लाग्छ । तीन महिनादेखि एक वर्षसम्म पनि लाग्न सक्छ ।
दुबी किन आउँछ ?
मेलानोसाइट्स भन्ने छालाको कोशिकाहरूले मेलानिन उत्पादन गर्दछ । मेलानिनले छालालाई रङ दिने काम गर्दछ । मेलानोसाइटले पर्याप्त मेलानिन उत्पादन नगर्दा मेलानिनले छालामा रङ दिन सक्दैन् । फलस्वरूप: छालामा सेता सेतो दागहरू दुबीको रुपमा देखा पर्छन् ।
दुबीका उपचारहरु
लगाउने औषधीः शरीरको जुन भागमा दुबी आएको छ । त्यही भागमा लगाउने औषधी दिइन्छ ।
खाने औषधीः
दुबीमा लगाउने औषधीहरूबाहेक खाने औषधी पनि हुन्छ । चिकित्सकको सल्लाह अनुसार औषधीहरू खानुपर्ने हुन्छ । फोटो उपचार: यो उपचारमा दुबी आएको व्यक्तिलाई औषधी लगाएर घाममा राखिन्छ । यो उपचारबाट चाँडै निको हुन सक्छ ।
लेजर उपचार: यो उपचारबाट सेतो रौँ निकाल्न केमिकलहरूको प्रयोग गरिन्छ ।
सर्जरी: दुबीको उपचारमा सर्जरी पनि गरिन्छ । रङ भएको ठाउँको छाला झिकेर रङ नभएको ठाउँमा लगेर राखिन्छ ।
दुबी बाट कसरी बच्न सकिन्छ ?
दुबीबाट बच्न शरीरमा लाग्ने घाउबाट हामी बच्नु पर्छ ।
छालालाई सुख्खा नराख्ने ।
मोइस्चराइजर लोसनको प्रयोग गर्ने ।
भिटामिन ‘ए’, ‘सी’ र ‘इ’ भएको खानेकुराहरू खाने ।
धेरै पानी नचलाउने ।
कस्तो दुबी ठिक हुन्छ, कस्तो हुँदैन ?
दुबी शरीरमा २५ प्रतिशत भन्दा कम छ भने त्यसलाई ठिक गर्न सकिन्छ । दुबी जति कम फैलिएको छ त्यति नै ठिक हुन्छ । जति चाँडै उपचार गर्न आयो त्यति नै निको हुने सम्भावना हुन्छ ।
उपचारमा जति ढिला गर्यो । त्यति नै निको हुने सम्भावना कम हुन्छ । शरीरमा दुबी २५ प्रतिशत भन्दा धेरै फैलिएको छ भने । त्यसलाई रोकथाम गर्न सकिन्छ । तर, निको गर्न सकिदैन् ।
कस्तो अवस्थामा दुबी ठिक हुन गाह्रो हुन्छ ? शरीरको हड्डीहरूमा आउँदा, हात खुट्टामा आउँदा र शरीरको रौँहरू नै सेतो हुने गरी आएको दुबी ठिक हुन एकदमै समय लाग्छ । तर, रौँहरू कालो नै छ । शरीरको हड्डीबाहेक अरू भागमा छ भने दुबी सजिलैसँग ठिक हुन्छ ।
-एजेन्सीको सहयोगमा
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रतिक्रिया