सोमबार, वैशाख ७, २०८३

आहा रारा गोल्डकप : आज एनआरटी र त्रिभुवन आर्मी भिड्ने

मेरोन्यूज २०८१ माघ २८ गते ८:११

पोखरा । २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज साविक विजेता त्रिभुवन आर्मी क्लब रचर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।  खेल दिउँसो साढे २ बजे पोखरा रङ्गशालामा सुरु हुनेछ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

त्रिभुवन आर्मीले सोझै क्वार्टरफाइनल खेल्न लागेको हो भने चर्च ब्वाइजले न्युरोड टिम (एनआरटी)लाई हराएर क्वार्टरफाइनलको यात्रा तय गरेको थियो ।यो खेलको विजेताले सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस ब्रिगेड ब्वाइज क्लब युकेलाई पराजित गरेर सेमिफाइनलमा पुगेको हो ।

हिजो भएको खेलमा मछिन्द्र क्लबलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै साविक उपविजेता थ्रीस्टार सेमिफाइनलमा पुगेको छ ।

९ स्वदेशी र ३ विदेशी गरी १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया