आज भ्यालेन्टाइन सप्ताहकाे टेडी डे, यसरी आफ्नो प्रेमी-प्रेमीकालाई प्रेम दर्शाउनुहोस्

आज फेब्रुअरी १० अर्थात् ‘भ्यालेन्टाइन डे’को चौथौ दिन ।याे प्रत्येक वर्ष १० फेब्रुअरीमा मनाइन्छ । धेरै प्रेम जोडीहरूका लागि याे महत्त्वपूर्ण दिन पनि हो । यो पश्चिमी संस्कृति भए पनि पछिल्लो केही वर्षयता यसको प्रभाव नेपालमा पनि परेको पाइन्छ ।१४ फब्रुअरीलाई भ्यालेनटाइन अर्थात् प्रणय दिवस भने पनि प्रेम गर्नेहरुले यसलाई एक हप्तासम्म विभिन्न नामले मनाउने गर्छन् । यसको सुरुवात ७ फेब्रुअरीबाट सुरु हुन्छ ।
आजको दिन विश्वभर टेडी अर्थात् ‘गुडिया दिएर मनको भावना आफूले मन पराएको व्यक्तिसामु राख्ने अनि प्रेममा भएकाहरुले सम्बन्ध अझ सुमधुर बनाउने दिनको रुपमा हेरिन्छ ।प्रणय दिवसको औपचारिक सुरुआत सन् २६९ मा रोमबाट भएको मानिन्छ । रोमका तत्कालीन सम्राट् क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए । सम्राट्को आदेशको उल्लंघन गर्दै त्यहाँका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछि धेरै सैनिकको उनले सार्वजनिक रुपमा विवाह गराएको बताइन्छ ।
आदेश तोडेको आरोपमा उनलाई इ.पू ७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा फेब्रुअरी १४ का दिन ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस मनाउन थालिएको हो ।
किन मनाइन्छ टेडी डे ?
‘टेडी डे’ ‘चकलेट डे’को भोलिपल्ट मनाइन्छ ‘टेडी डे’ अर्थात् ‘गुडिया डे’ । टेडी एकदम कोमल हुन्छ । यो दिन आफ्नो प्रेमीप्रेमीकालाई ‘टेडी’ उपहार दिएर मनाउने गरिन्छ । आफ्नो प्रेमीप्रेमीकालाई टेडी उपहार दिँदा तपाईँको मनको कुरा त्यो टेडीमार्फत तपाईँले माया गर्ने मान्छेसम्म पुग्ने गर्छ ।
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया