आज भ्यालेन्टाइन सप्ताहकाे टेडी डे, यसरी आफ्नो प्रेमी-प्रेमीकालाई प्रेम दर्शाउनुहोस्

आज फेब्रुअरी १० अर्थात् ‘भ्यालेन्टाइन डे’को चौथौ दिन ।याे प्रत्येक वर्ष १० फेब्रुअरीमा मनाइन्छ । धेरै प्रेम जोडीहरूका लागि याे महत्त्वपूर्ण दिन पनि हो । यो पश्चिमी संस्कृति भए पनि पछिल्लो केही वर्षयता यसको प्रभाव नेपालमा पनि परेको पाइन्छ ।१४ फब्रुअरीलाई भ्यालेनटाइन अर्थात् प्रणय दिवस भने पनि प्रेम गर्नेहरुले यसलाई एक हप्तासम्म विभिन्न नामले मनाउने गर्छन् । यसको सुरुवात ७ फेब्रुअरीबाट सुरु हुन्छ ।
आजको दिन विश्वभर टेडी अर्थात् ‘गुडिया दिएर मनको भावना आफूले मन पराएको व्यक्तिसामु राख्ने अनि प्रेममा भएकाहरुले सम्बन्ध अझ सुमधुर बनाउने दिनको रुपमा हेरिन्छ ।प्रणय दिवसको औपचारिक सुरुआत सन् २६९ मा रोमबाट भएको मानिन्छ । रोमका तत्कालीन सम्राट् क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए । सम्राट्को आदेशको उल्लंघन गर्दै त्यहाँका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछि धेरै सैनिकको उनले सार्वजनिक रुपमा विवाह गराएको बताइन्छ ।
आदेश तोडेको आरोपमा उनलाई इ.पू ७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा फेब्रुअरी १४ का दिन ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस मनाउन थालिएको हो ।
किन मनाइन्छ टेडी डे ?
‘टेडी डे’ ‘चकलेट डे’को भोलिपल्ट मनाइन्छ ‘टेडी डे’ अर्थात् ‘गुडिया डे’ । टेडी एकदम कोमल हुन्छ । यो दिन आफ्नो प्रेमीप्रेमीकालाई ‘टेडी’ उपहार दिएर मनाउने गरिन्छ । आफ्नो प्रेमीप्रेमीकालाई टेडी उपहार दिँदा तपाईँको मनको कुरा त्यो टेडीमार्फत तपाईँले माया गर्ने मान्छेसम्म पुग्ने गर्छ ।













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया