आत्मघाती गोलका कारण इन्टर मिलान बिजयी

काठमाडौं । इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा फियोरेन्टिनाविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको छ ।
सान सिएरोमा घरेलु टोली इन्टरलाई जित दिलाउन मार्को अर्नाउटोभिकदे गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । फियोरेन्टिनाका लागि रोलान्डो मन्ड्रागोराले गोल फर्काएका हुन् ।
खेलको २८औं मिनेटमा मारिन पोन्ग्रासिकबाट आत्मघाती गोल हुन पुग्दा इन्टरले अग्रता लिएको थियो । पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा मान्ड्रागोराले पेनाल्टीमार्फत गोल गर्दै फियोरेन्टिनालाई बराबरीमा ल्याएका थिए ।
अर्नाउटोभिकले ५२औं मिनेटमा गोल गर्दै इन्टरलाई २–१ ले अगाडि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा इन्टरले स्पष्ट तीन अंक जोड्यो ।
जितसँगै दोस्रो स्थानको इन्टरले २४ खेलमा ५४ अंक जोडेको छ । यो लिग लिडर नापोलीको भन्दामात्र एक अंक कम हो । पराजित फियोरेन्टिना समान खेलबाट ४२ अंकका साथ छैटौं स्थानमा छ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया