डिभोर्सपछि एलिनाले विष्णुलाई भनिन्- पत्नीका रूपमा पाउने सम्पत्ति तिम्रै लागि छोडेँ
मेरोन्यूज
२०८१ माघ २९ गते १७:२५

काठमाडौं। गायिका एलिना चौहानले आफ्ना पूर्वपति विष्णु सापकोटालाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबूकमा भावुक स्ट्याटस लेखेकी छन् ।
मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आजदेखि आ(आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको बताएकी हुन्। ‘प्रिय विष्णु, आजदेखि स्वतन्त्र भएर कानुनी रूपमै आ(आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ,’ उनले फेसबुकमा लेखेकी छन्, ‘हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको छ। यो रहरले होइन। जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ।’
अदालतबाट बाहिरिएलगत्तै उनले पूर्वपति विष्णु सापकोटालाई सम्बोधन गर्दै प्रगतिको शुभकामना समेत दिएकी छन्।
२०८१ गत वैशाख ५ गते बिहे गरेकी एलिनाले काठमाडौं जिल्ला अदालतमा हालेको सम्बन्ध विच्छेदको मुद्दाको मागअनुसार आदेश भएपछि यी दुईजना कानुनी रुपमा छुट्टिएका छन् ।
सम्बन्धित
















बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया