एमाले सांसदविरुद्ध मुद्दा नचल्ने भएपछि बालेनले भने– सरी नानु !

काठमाडौं । घरमा बालश्रमिक राखेकी लुम्बिनी प्रदेश सभाकी सांसद रेखाकुमारी शर्मालाई सरकारी वकिलले मुद्दा नचलाउने तयारी चलिरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यसबारे प्रतिक्रिया दिएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर साहले पीडित बालिकासँग माफी माग्दै नआत्तिन पनि भनेका छन्।
शर्मामाथि आफ्नै घरमा काम गर्न बसेकी एक बालिकालाई श्रमशोषण गरेको आरोप लागेको थियो । बालिकालाई घरमा बन्धक बनाई राखेको अवस्थामा केही समयअघि काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो ।
महानगरले शर्माविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जेठ ३० गते जाहेरी दिएको थियो। महानगरले परिसरमा बालबालिका सम्बन्धी ऐनको २०७५ को दफा ६६ उपदफा (२) (ङ) अनुसारको कसुर भएको भन्दै जाहेरी दिएको थियो ।
अहिले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप लागेकी लुम्बिनी प्रदेशकी नेकपा (एमाले) की सांसद रेखाकुमारी शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ।
सोहीबारे प्रतिक्रिया दिँदै मेयर शाहले लेखेका छन्, ‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ’, बालेनले फेसबुकमा भनेका छन्, ‘यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ ।’
















पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया