फागुन ४ गते संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

काठमाडौं । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम फागुन ४ गतेको बैठकमा हुने भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम २०८१ फागुन ४ गतेको बैठकमा हुने बताएका हुन्।
उनले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ८ मा रहेका सदस्यहरुले फागुन महिनामा प्रश्न सोध्न नियमावलीको नियम ५८ बमोजिम माघ ३० गते बुधबार दिनको ४ बजेभित्र प्रतिनिधिसभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखित रुपमा दिनसक्ने बताए।
संघीय संसद्को बैठक नचलेको दिनमा विषयगत समितिका काम कारबाहीहरू अघि बढाउन समितिका सभापति तथा सदस्यहरुको ध्यानाकर्षण गराए।
प्रतिनिधिसभाको अर्को बैठक फागुन ४ गते १ बजे बस्नेगरी स्थगित भएको छ।










जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
एमबाप्पेको कीर्तिमानी रोनाल्डोको बराबरी, सेभिल्लाविरुद्ध रियल १–० ले विजयी
विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु
आज तराईमा हुस्सु-कुहिरो बढ्ने : मौसम महाशाखाले जारी गर्यो चेतावनी
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया