अश्लील बोलेपछि भारतीय युट्युबर रणवीर र समय विवादमा, शोमा प्रतिबन्धको माग गर्दै उजुरी

काठमाडौं । भारतीय प्रसिद्ध युट्युबर रणवीर इलाहाबादियाविरुद्ध मंगलबार इन्दौरको तुकोगञ्ज पुलिस स्टेशनमा उजुरी दर्ता भएको छ।
कमेडियन समय रैनाको युट्युब शो ‘इन्डियाज गट लेटेन्ट’ मा रणवीरले आपत्तिजनक र अश्लील बयान दिएको भन्दै उजुरी दर्ता भएको हो ।
यो उजुरी स्थानीय वकिल अमन मालवीयले दायर गरेका हुन्। रणवीर इलाहाबादिया, समय रैना र शोसँग सम्बन्धित अन्य सेलिब्रेटीहरूले अभद्रताको सबै सीमा नाघेका र अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गरिरहेको उनको भनाइ छ। मालवीयसँगै अन्य वकिलहरूले पनि प्रहरी चौकी पुगेर रणवीर र समयविरुद्ध कारबाही र शोमा प्रतिबन्ध लगाउन माग गरेका छन्।
के थियो विवाद ?
३१ वर्षीय इलाहाबादियाको पनि ‘बियरबिसेप्स’ नामले प्रसिद्ध एक शो छ । हालै ‘इन्डियाज गट लेटेन्ट’ नामको शो पुगेका उनले आमाबाबु र यौन सम्बन्धमा विवादास्पद टिप्पणी गरेका थिए। यो भनाइ सामाजिक सञ्जालमा भाइरल भएसँगै ठूलो विरोध सुरु भएको छ ।
बढ्दो विवाद पछि, इलाहाबादियाले माफी मागेकी छिन् । उनले याे आफ्नो खराब निर्णयको गल्ती भएकाे बताए ।
रणवीरले शो निर्माताहरूलाई विवादास्पद भाग हटाउन आग्रह गरेपछि अहिले हटाइएको छ ।
यसअघि पनि यस मामिलामा असम प्रहरीले रणवीर र अन्य चार जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। अब यस विषयमा थप के कारबाही हुन्छ त्यो भने हेर्न बाँकी छ ।
















बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया