अश्लील बोलेपछि भारतीय युट्युबर रणवीर र समय विवादमा, शोमा प्रतिबन्धको माग गर्दै उजुरी

काठमाडौं । भारतीय प्रसिद्ध युट्युबर रणवीर इलाहाबादियाविरुद्ध मंगलबार इन्दौरको तुकोगञ्ज पुलिस स्टेशनमा उजुरी दर्ता भएको छ।
कमेडियन समय रैनाको युट्युब शो ‘इन्डियाज गट लेटेन्ट’ मा रणवीरले आपत्तिजनक र अश्लील बयान दिएको भन्दै उजुरी दर्ता भएको हो ।
यो उजुरी स्थानीय वकिल अमन मालवीयले दायर गरेका हुन्। रणवीर इलाहाबादिया, समय रैना र शोसँग सम्बन्धित अन्य सेलिब्रेटीहरूले अभद्रताको सबै सीमा नाघेका र अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गरिरहेको उनको भनाइ छ। मालवीयसँगै अन्य वकिलहरूले पनि प्रहरी चौकी पुगेर रणवीर र समयविरुद्ध कारबाही र शोमा प्रतिबन्ध लगाउन माग गरेका छन्।
के थियो विवाद ?
३१ वर्षीय इलाहाबादियाको पनि ‘बियरबिसेप्स’ नामले प्रसिद्ध एक शो छ । हालै ‘इन्डियाज गट लेटेन्ट’ नामको शो पुगेका उनले आमाबाबु र यौन सम्बन्धमा विवादास्पद टिप्पणी गरेका थिए। यो भनाइ सामाजिक सञ्जालमा भाइरल भएसँगै ठूलो विरोध सुरु भएको छ ।
बढ्दो विवाद पछि, इलाहाबादियाले माफी मागेकी छिन् । उनले याे आफ्नो खराब निर्णयको गल्ती भएकाे बताए ।
रणवीरले शो निर्माताहरूलाई विवादास्पद भाग हटाउन आग्रह गरेपछि अहिले हटाइएको छ ।
यसअघि पनि यस मामिलामा असम प्रहरीले रणवीर र अन्य चार जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। अब यस विषयमा थप के कारबाही हुन्छ त्यो भने हेर्न बाँकी छ ।













ग्लोबल आइएमई बैंककाे १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना
नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप : जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न
खातामा प्यान नम्बर र इमेल अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंककाे आग्रह
नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा चौधरी
रातभरिमा सहमतिको बिन्दुमा पुग्छौँ : श्याम घिमिरे
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया