आइतबार, वैशाख ७, २०८२

नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ

मेरोन्यूज २०८१ फागुन १ गते १३:०१

काठमाडौं। काठमाडौंको नागढुंगाबाट सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा। प्र ०१(००२ ख ०५४२ नम्बरको बसमा सवार भारत महाराष्ट्रका २७ वर्षीय महेश अमृत मानी र २४ वर्षीय राहुल खडु सरकला सुनसहित पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार मानी र सरकलालाई ३१८ ग्राम सुनसहित पक्राउ गरिएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया