ट्रम्प र पुटिनबीच साउदी अरबमा युक्रेनको विषयमा वार्ता हुने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेनको विषयमा छलफल गर्न साउदी अरेबियामा भेटवार्ता हुने भएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा सन् २०२२ को रक्तपातपूर्ण आक्रमणको आदेश दिने रुसी समकक्षी पुटिनसँग आफ्नो ‘लामो र अत्यन्त फलदायी’ टेलिफोन कुराकानी भएको बताएका छन् । उनले रुसले चाहे जस्तै युक्रेन तत्काल नेटोमा संलग्न नहुने प्रस्ट पारेका छन् ।
‘हामी अपेक्षा गर्छौं कि उहाँ यहाँ आउनुहुनेछ र म त्यहाँ जानेछु र हामी सम्भवतः पहिलो पटक साउदी अरेबियामा भेट्नेछौँ”, ट्रम्पले पुटिनसँग भेट्ने योजनाबारे ओभल अफिसमा पत्रकारहरूलाई भने । ट्रम्पले यो ‘धेरै टाढा नभएको भविष्यमा’ हुने अपेक्षा गरेको र साउदी युवराज मोहम्मद बिन सलमान पनि संलग्न हुने बताए । साउदी युवराजले हप्ता रुस–अमेरिका कैदी आदान–प्रदानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
क्रेमलिनले ट्रम्प र पुटिनबीच फोन वार्ता डेढ घण्टा जति चलेको जनाएको छ । दुई नेताले ‘एकसाथ काम गर्ने समय आएको’ सहमति गरेको र पुटिनले ट्रम्पलाई मस्को भ्रमणको निम्तो दिएको बताइएको छ । जनवरी २० मा पदभार ग्रहण गर्नुअघि ट्रम्पले युक्रेन युद्ध ‘२४ घन्टा भित्र’ अन्त्य गर्ने वाचा गरेका थिए ।
ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा फोन वार्ताको घोषणा गर्दै र द्वन्द्वमा अपुष्ट सङ्ख्या प्रयोग गर्दै आफू र पुटिन ‘दुवैले रुस युक्रेन युद्धमा भइरहेको लाखौँको मृत्यु रोक्न चाहेको’ मा सहमत भएको उल्लेख गरेका थिए ।
ट्रम्पले पछि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग कुरा गरेका छन् । जेलेन्स्की पुटिनसँगको फोन वार्तामा सामेल थिएनन् । जेलेन्स्कीले ट्रम्पसँग ‘अर्थपूर्ण’ कुराकानी भएको बताएका छन् ।
















देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया