अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि नेपालको अन्तिम टोली घोषणा

काठमाडौं । नेपाल फुटबल संघ (एन्फा) ले काठमाडौंमा आगामी सातादेखि हुने चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि नेपाली टिम घोषणा गरेको छ ।
प्रशिक्षक राजेन्द्र तामाङले बिहीबार २३ सदस्यीय टोली सार्वजनिक गरेका हुन् ।
एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा टिम घोषणा गरिएको छ । २३ सदस्यीय टिममा दुई जना नयाँ खेलाडीले मौका पाएका छन् ।
टोलीमा कप्तान एन्जिलासँगै अन्जना राना मगर र उषा नाथ गोलरक्षकका रूपमा छन् ।
त्यस्तै डिफेन्डरहरूमा अमृता जैसी, गिता राना, बिमला बिक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी र मनमाया दमाइ छन् ।
मिडिफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता रानामगर, रेनुका हमाल र सुष्मा तामाङ छन् । फरवार्डमा साबित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी छन् ।
एन्फाले एएफसी एसियन कप र फिफा विश्वकपको तयारीस्वरुप फिफा अन्तर्राष्ट्रिय विन्डोमा इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको आयोजना गर्न लागेको हो।
प्रतियोगिता फागुन ५ देखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । प्रतियोगितामा नेपालसँगै कीर्गिस्तान, म्यानमार र लेबननले प्रतिस्पर्धा गर्नेछन्।

















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया