गाजा युद्धविराम सङ्कट समाधानमा प्रगति : प्यालेस्टिनी वार्ता स्रोत

कायरो। यो सप्ताहन्तमा बन्धक–कैदी आदानप्रदान योजना अनुसार अगाडि बढ्ने सुनिश्चित गर्न इजरायल–हमास युद्धविराम जोगाउने प्रयासमा प्रगति भएको वार्तासँग नजिक रहेका प्यालेस्टिनी स्रोतहरूले बिहीबार जानकारी दिएका छन् ।
“प्रगति भएको छ”, एक स्रोतले एएफपीलाई मध्यस्थकर्ताहरूले इजरायलबाट ‘आजै बिहानदेखि मानवीय प्रोटोकल लागू गर्ने वाचा’ प्राप्त गरेको उल्लेख गर्दै भन्यो ।
“हमासले इजिप्टका अधिकारीहरूलाई… शनिबार इजरायलले आफ्नो प्रतिबद्धता पूरा गर्ने बित्तिकै समयमै छैटौँ कैदी आदानप्रदान गर्न आफ्नो प्रतिबद्धता पुष्टि गरेको छ”, अर्को स्रोतले भन्यो।
मध्यस्थकर्ताहरूले इजरायलको अन्तिम स्वीकृति पुष्टि गरेपछि ‘पूर्वनिर्मित एकाइहरू, पालहरू, इन्धन, भारी उपकरण, औषधि, अस्पतालहरू मर्मतका सामग्रीहरू र मानवीय प्रोटोकलसँग सम्बन्धित सबै कुरा’ क्षेत्रभित्र प्रवेश गर्न सक्ने पहिलो स्रोतले बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले शनिबारसम्म गाजामा राखिएका सबै बन्धकलाई रिहा नगरे ‘नरक’ खुल्ने चेतावनी दिएपछि नाजुक युद्धविराम हालैका दिनहरूमा तनावग्रस्त बनेको छ ।
ती टिप्पणीहरू पछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार मध्याह्नसम्म बन्धकहरू फिर्ता नगरे उनको सेनाले गाजामा ‘तीव्र लडाइँ’ पुनः सुरु गर्ने बताए । उनले सबै बन्दीहरूको कुरा गरेको हो वा होइन स्पष्ट गरेनन् ।
रक्षामन्त्री इजरायल काट्जले बुधबार युद्ध पुनः सुरु भएमा यो ‘तीव्रतामा फरक हुनेछ’ र ‘हमासको पराजय बिना समाप्त हुनेछैन’ भनी चेतावनी दिए ।









बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…
जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की
टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
प्रतिक्रिया