१ करोड ४० लाखको बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ
मेरोन्यूज
२०८१ फागुन १ गते १८:१८

काठमाडौं । बैंकिङ कसुरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडी पाटन नगरपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-९ गौशाला बस्ने ३० वर्षीय विनोद पन्त रहेका छन्।
पन्तलाई बुधबार काठमाडौं महानगरपालिका-२८ पुतलीसडकबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतले बताए।
उनका अनुसार पन्तविरूद्ध १ करोड ४० लाख रुपैयाँको बैंकिङ कसुरको जाहेरी प्रहरीमा छ। फरार प्रतिवादी खोजी सिलसिलामा पन्तलाई पक्राउ गरिएको बस्नेतले बताए।
पन्तविरूद्ध माइली तामाङले बैंकिङ कसुरमा जाहेरी दिएकी थिइन्। पन्तलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया