स्पीड फेस्ट २०२५ मा बजाज, केटिएम र ट्रायम्फ सहभागी हुँदै

काठमाडौँ । स्पीड फेस्ट २०२५ मा ७० भन्दा बढी सुपरबाइकको विशेष प्रदर्शनी हुने भएको छ। फागुन ३ गते शनिबार एलिस रिसेप्सन, बालुवाटारमा आयोजना हुन लागेको प्रदर्शनीमा बजाज पनि सहभागी हुने भएको छ ।
साथै यस स्पीड फेस्टमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.द्वारा वितरित बजाज, केटिएम र ट्रायम्फ ब्रान्डका मोटरसाइकलहरूको विशेष सहभागिता रहनेछ ।
यी मोटरसाइकलहरू आफ्नो उत्कृष्ट प्रदर्शन, पावर र नयाँ प्रविधिका कारण बाइक प्रेमीहरू माझ लोकप्रिय छन् । यस इभेन्टले मोटरसाइकल उत्साहीहरूका लागि रोमाञ्चक अनुभव प्रदान गर्नेमा आयोजकहरु विश्वस्त रहेका छन् ।
स्पीड फेस्ट २०२५ नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल उत्सव हुने आयोजकले बताएका छन् जसमा हजारौँ मोटरसाइकल प्रेमी र उद्योगी व्यवसायीहरुको सहभागिता रहनेछ ।
कार्यक्रममा सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक ¥याली, नयाँ मोडलको लन्च, टेस्ट राइड सेसन तथा नेपालका चर्चित ब्याण्डहरू द एलिमेन्टस् र रकहेड्सको प्रत्यक्ष सांगीतिक प्रस्तुति समेत समावेश रहेको छ ।
स्पीड फेस्ट २०२५ ले नेपालका मोटरसाइकल उत्साहीहरूलाई रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।









नबिल बैंक र नेपाल इन बिजनेसबीच एसएमई कर्जा प्रदानबारे सम्झौता
चितवनमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न
सप्तकोशी सिमेन्टले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, बिक्रि प्रवन्धकमा सिद्धार्थ क्यापिटल
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकाेमा एशोसियसनको आपत्ति
इन्डोनेसियामा बाढीमा परी मृत्यु हुनेको संख्या ८४ पुग्यो
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया