अपडेट : दक्षिण कोरियाली होटेलमा आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

सियोल । दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा निर्माणाधीन एक आरामदायी होटलमा शुक्रबार भएको आगलागीमा परी छ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार बिहान ११ बजेतिर ‘बनयान ट्रि होटल’ मा आगलागी सुरु भएको अधिकारीहरुले बताएका छन् ।
नेशनल फायर एजेन्सीुका एक अधिकारीले एएफपीलाई बताएअनुसार आगलागी हुँदा करिब १०० जना कामदार होटेलमा रहेका थिए ।
कामदारहरूले इन्सुलेसन सामग्री भण्डारण गरेको निर्माण स्थलको पहिलो तल्लाबाट आगलागी सुरु भएको हुन सक्ने अग्नि नियन्त्रण विभागका एक अधिकारीले पत्रकारलाई बताए।
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ–मोकले अधिकारीहरूलाई ‘आगो निभाउनका लागि उपलब्ध सबै कर्मचारी र उपकरणहरू पूर्ण रूपमा परिचालन गर्न’ आदेश दिएको अर्थ मन्त्रालयले जनाएको छ।
चोइले भन्नुभयो, “खोजी र उद्धार कार्यका क्रममा हताहत हुनबाट जोगाउन हरसम्भव प्रयास गरिनुपर्दछ र अग्निनियन्त्रकहरूको सुरक्षा पनि सुनिश्चित गर्नुपर्दछ।”
दिउँसो १ः३० बजेतिर आगो नियन्त्रणमा आएको थियो ।











कांग्रेस कार्यसम्पादन समितिकाे बैठक आज पनि बस्दै
66 days left for HoR election: EC determines spending limit for NA candidates
सप्तरीका दुई स्थानीय तहका विद्यालयमा बिदा
पूर्वगृहमन्त्री लेखकले आज जाँचबुझ आयोगमा बयान दिने
प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया