बिहे गरेको १० महिनामै श्रीमतीको हत्या, ५ वर्षदेखि फरार श्रीमान् पक्राउ

काठमाडौं। पाँच वर्षअघि श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका-२ का सन्तोष साह रहेका छन्।
साहलाई फरार प्रतिवादी खोजीको सिलसिलामा बिहीबार पक्राउ गरी अनुसन्धान थालिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए।
खतिवडाका अनुसार साहले श्रीमती गायत्रीकुमारीलाई २०७६ साल चैत ६ गते राति कुटपिट गरी शम्भुनाथ नगरपालिका-२ ट्राफिक चोकदेखि चार सय मिटर पूर्वमा फालेका थिए। भोलिपल्ट स्थानीयले फेला पारेर गायत्रीलाई युनिक अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो।
त्यसयता सन्तोष फरार रहेका थिए। खतिवडाका अनुसार गायत्री र सन्तोषको बिहे २०७६ साल जेठ २६ गते भएको थियो। बिहेपछि दुबै जनाबीच पटक-पटक विवाद हुँदै आएको थियो।
जिल्ला अदालत राजविराजले सन्तोषलाई कर्तव्य ज्यानमुद्दामा तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।









निर्वाचन आयोग र गृहमन्त्रीबीच छलफल
जेनजीहरूले बुझाए प्रधानमन्त्रीलाई प्रस्तावित सम्झौताको मस्यौदा, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे वृहत छलफल चलाउने
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
निर्वाचन आयोगले तोक्यो ३ सहायक प्रवक्ता
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)
प्रतिक्रिया