गण्डकी प्रदेशसभा बैठक : अध्यादेश सर्वसम्मत पारित
मेरोन्यूज
२०८१ फागुन २ गते २१:४५

गण्डकी। गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको अध्यादेश सर्वसम्मत पारित गरेको छ।
बैठकमा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अध्यादेश स्वीकृत गरियोस् भन्दै गरेको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो। मुख्यमन्त्री पाण्डेले प्रदेश लोकसेवा आयोगको चौथो वार्षिक प्रतिवेदन २०८०/८१ सभा समक्ष प्रस्तुत गरेका थिए। प्रतिवेदन छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ।
बैठकमा आर्थिक मामिलामन्त्री डा टकराज गुरूङले सामायिक कर असुली गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभा समक्ष प्रस्तुत गरेका थिए। सभाको अर्को बैठक फागुन ८ गते दिनको १.०० बजे बस्नेछ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया