हमासले रिहा गर्यो थप ३ इजरायली बन्धक

काठमाडौँ । गाजस्थित इस्लामिक लडाकु समूह (हमास)ले शनिबार थप तीन जना इजरायली बन्धकलाई रिहा गर्दै रेडक्रसको जिम्मा लगाएको छ। बदलामा शनिबार नै इजरायली हिरासतबाट ३६९ जना प्यालेस्टिनीलाई रिहा गरिनेछ।
रेडक्रसलाई हस्तान्तरण गर्नुअघि हमासका नकाबधारी लडाकुले गाजाको दक्षिणी शहर खान युनिसको एक मञ्चमा बन्धकलाई परेड गराएर सम्बोधन गर्न भनिएका थिए।
अपहरणकारीले दिएको उपहारको झोला र कैद अन्त्यको प्रमाणपत्र समातेर लडाकुको साथमा उभिएका तीनै जनाले युद्धविराम सम्झौताअन्तर्गत थप बन्धक आदानप्रदान पूरा गर्न आह्वान गरेका थिए।
यसअघि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजाका लडाकुले कब्जामा लिएका अमेरिकी मूलका इजरायली सागुइ डेकेल–चेन, रुसी मूलका इजरायली साशा ट्रुपानोभ र अर्जेन्टिनी मूलका इजरायली याइर होर्नलाई रिहा गर्न लागिएको बताएको थियो।
यो बन्धक तथा कैदी आदानप्रदानको छैटौँ समूह हो। सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि हमासले उनीहरूलाई कब्जामा लिएका थिए।
हमास र इस्लामिक जिहादका स्रोतका अनुसार उक्त समूहले करिब २०० लडाकुलाई सुपुर्दगी समारोहका लागि तैनाथ गरेको थियो।
तेल अभिवको ‘होस्टेज स्क्वायर’मा पनि भीड जम्मा भएको थियो। धेरैले इजरायली झन्डा र पोस्टर बोकेका थिए।
गत जनवरी १९ मा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता भंग हुन लागेको आशंकाबीच शुक्रबार दुवै पक्षले शनिबारको अदलाबदलीको प्रक्रिया अघि बढाएका थियो।















आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज शनिबार कुन राशिका लागि शुभ , हेराैँ राशिफल
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया