हमासले रिहा गर्यो थप ३ इजरायली बन्धक

काठमाडौँ । गाजस्थित इस्लामिक लडाकु समूह (हमास)ले शनिबार थप तीन जना इजरायली बन्धकलाई रिहा गर्दै रेडक्रसको जिम्मा लगाएको छ। बदलामा शनिबार नै इजरायली हिरासतबाट ३६९ जना प्यालेस्टिनीलाई रिहा गरिनेछ।
रेडक्रसलाई हस्तान्तरण गर्नुअघि हमासका नकाबधारी लडाकुले गाजाको दक्षिणी शहर खान युनिसको एक मञ्चमा बन्धकलाई परेड गराएर सम्बोधन गर्न भनिएका थिए।
अपहरणकारीले दिएको उपहारको झोला र कैद अन्त्यको प्रमाणपत्र समातेर लडाकुको साथमा उभिएका तीनै जनाले युद्धविराम सम्झौताअन्तर्गत थप बन्धक आदानप्रदान पूरा गर्न आह्वान गरेका थिए।
यसअघि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजाका लडाकुले कब्जामा लिएका अमेरिकी मूलका इजरायली सागुइ डेकेल–चेन, रुसी मूलका इजरायली साशा ट्रुपानोभ र अर्जेन्टिनी मूलका इजरायली याइर होर्नलाई रिहा गर्न लागिएको बताएको थियो।
यो बन्धक तथा कैदी आदानप्रदानको छैटौँ समूह हो। सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि हमासले उनीहरूलाई कब्जामा लिएका थिए।
हमास र इस्लामिक जिहादका स्रोतका अनुसार उक्त समूहले करिब २०० लडाकुलाई सुपुर्दगी समारोहका लागि तैनाथ गरेको थियो।
तेल अभिवको ‘होस्टेज स्क्वायर’मा पनि भीड जम्मा भएको थियो। धेरैले इजरायली झन्डा र पोस्टर बोकेका थिए।
गत जनवरी १९ मा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता भंग हुन लागेको आशंकाबीच शुक्रबार दुवै पक्षले शनिबारको अदलाबदलीको प्रक्रिया अघि बढाएका थियो।
















मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
5 terrorists killed in security operation in NW Pakistan
Zelensky expects halt to attacks on Ukrainian cities amid severe cold
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया