आहा ! रारा पोखरा गोल्डकपः उज्वेकिस्तानको ब्ल्याक बुल्सले उपाधि चुम्यो

कास्की, ३ फागुनः पोखरामा सञ्चालन भएको २४औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न फाइनल खेलमा नेपालको विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ गोलले हराउँदै पाहुना टोली ब्ल्याक बुल्स च्याम्पियन बनेको हो । नेपालमा पहिलोपटक फुटबल खेल्न आएको उज्वेकिस्तानी टोली पहिलो सहभागितामा नै च्याम्पियन बनेको हो । ब्ल्याक बुल्सले पहिलो हाफमा एक गोल गर्दै अग्रता बनाएको थियो भने दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । खेलको ४२औँ मिनेटमा उज्वेकिस्तानका कप्तान जाकोन्गिर आक्मादोभले गोल गर्दै टोलीलाई अग्रता बनाए । उनले फ्री किकमा गोल गर्न सफल भएका हुन् । खेलको ५९औँ मिनेटमा असिलवेक ओरिफजोनोभले गोल गर्दै अग्रता दोब्बर बनाएकामा ६६औँ मिनेटमा साप्कातजोन सातारोभले गोल गर्दै टोलीको विजय सुनिश्चित गरे । खेलको ७४औँ मिनेटमा अलिजोन अलिजोनोभबाट आत्मघाती गोल भएपछि पुलिसको एक गोल भएको थियो । प्रतियोगितामा च्याम्पियन बनेको ब्ल्याक बुल्सले नगद रु १२ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको पुलिस क्लबले रु छ लाख एक हजारसहित मेडल र प्रमाणपत्र पुरस्कार पायो । एमभिपी अवार्ड ब्ल्याक बुल्स एफसीका साभकातजोन सात्तोरोभले पाएका छन् । उनी सर्वाधिक गोलकर्तासमेत बनेका हुन् । उनले टेलजी स्कुटर प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर ब्ल्याक बुल्सका जासुरबेक राजाबोभ, उत्कृष्ट डिफेन्डर, अलिजोन अलिजोनोभ, उत्कृष्ट मिडफिल्डर पुलिसका राम वाजी, फरवार्ड ब्ल्याक बुल्सका अजिजवेक खुर्सोनबोएभ र प्रशिक्षक अब्दुलअजिज निशोनबाएभ घोषित हुँदै जनही नगद रु २५ हजार र मेडल पुरस्कार प्राप्त गरे । प्रतियोगिताको च्याम्पियन टोली र विधातगत रूपमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उपसभामुख विनाकुमारी थापा, मुख्य प्रायोजकका तर्फबाट हिमश्री फुड्सका कार्यकारी निर्देशक प्रकाश केसी, निर्देशक किरण केसीलगायतले पुरस्कार वितरण गर्नुभयो । गत माघ २२ गतेदेखि सुरु भएको प्रतियोगितामा विदेशी तीन र नेपालका चर्चित नौ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । —
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया