फ्रेड्रिक मेर्ज : जर्मन चान्सलरको पदको नजिक पुगेका कन्जरेभेटिभ

बर्लिन। जर्मनीको अर्को चान्सलर बन्ने अपेक्षा गरिएका फ्रेड्रिक मेर्जले आफ्नो क्रिश्चियन डेमोक्रेट पार्टीको कन्जरभेटिभ जरामा फर्केर व्यवसायलाई सहयोग गर्दै र आप्रवासनमा कडाइ गर्दै युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा शासन गर्ने प्रतिबद्धता जनाएका छन् ।
मध्यमार्गी पूर्व चान्सलर एन्जेला मर्केलको लामो समयदेखि सिडियु पार्टीको प्रतिद्वन्द्वी मेर्जले उनको खुला द्वार आप्रवासी नीतिको आलोचना गरेका छन् र संसद्मा यस विवादास्पद मुद्दामा दक्षिणपन्थी एएफडीको समर्थन स्वीकार गरेर उनको आक्रोश बेहोरेका छन् ।
उन्सत्तरी वर्षीय कानून व्यवसायी मेर्जसँग बलियो व्यावसायिक पृष्ठभूमि छ । लगानी कोष ब्ल्याकरक र धेरै कर्पोरेट बोर्डहरूमा काम गरेर उनी करोडपति बनेका छन् तर उनले कहिल्यै सरकारी नेतृत्वको पद सम्हालेको छैन ।
यद्यपि यी जुझारु वक्ताले राजनेता जस्तो व्यक्तित्व प्रस्तुत गर्न खोजेका छन् र ‘अनुमानित रूपमा अप्रत्याशित’ भनी बताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यवहार गर्न सक्षम भएको विश्वास व्यक्त गरेका छन् ।
वामपन्थी चान्सलर ओलाफ स्कोल्जको त्रिपक्षीय गठबन्धन असफल भएको बेला विपक्षी सिडियु÷सिएसयु गठबन्धनको नेताका रूपमा मेर्जले बाहिरन लागेको ‘हरित–वाम’ सरकारमाथि कडा आलोचना गरेका छन् ।
व्यक्तिगत स्वीकृति दर न्यून भए पनि सर्वेक्षणहरूले लामो समयदेखि स्कोल्जलाई हटाउन र जर्मनीका लागि ‘तीन खेर गएका वर्षहरू’ भनेको अन्त्य गर्न मेर्जले बलियो दाबेदारको रूपमा घोषणा गरेका छन् ।
गत हप्ता संसद्मा मेर्जले स्कोल्ज र उनका सहयोगीहरूलाई कम्पनी दिवालिया बनाएर पनि आफ्नो सम्झौता चार वर्ष थप्न माग्ने व्यवसाय प्रबन्धकहरूसँग तुलना गरे ।
“तपाईंलाई थाहा छ मालिकहरूले हाँस्न छोडेपछि के भन्थे ?” मेर्जले व्यङ्ग्यात्मक रूपमा सोधे, “उनीहरूले तपाईंलाई विनम्रतापूर्वक कम्पनी छोड्न अनुरोध गर्थे । सामान्य जीवनमा यस्तै हुन्छ ।”
मेर्जको चुनावी वाचा बिग्रँदो अर्थतन्त्रलाई पुनर्जीवित गर्नु र ‘फेरि गर्व गर्न सकिने जर्मनी’ का लागि बर्लिनको अन्तर्राष्ट्रिय भूमिका पुनर्निर्माण गर्नु रहेको छ ।
– शून्य सहनशीलता
उनका कडा प्रस्तावहरू मध्ये शरण खोजे पनि कागजातविहीन आप्रवासीहरूलाई जर्मन सीमाबाट रोक्ने योजना छ । यो कानूनी अधिकार हो । साथै प्रस्तावमा निर्वासनको प्रतीक्षामा रहेकाहरूलाई हिरासतमा राख्ने योजनासमेत छ ।।
मेर्जले विगतमा मुस्लिम आप्रवासीका छोराहरूलाई ‘साना पाशाहरू’ भनेका थिए र केही युक्रेनी युद्ध शरणार्थीहरूलाई ‘सामाजिक कल्याण पर्यटन’ को आरोप लगाएका थिए । पछि उनले माफी माग्नु परेको थियो ।
लामो समयदेखिको मान्यता तोड्दै अति–दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) को समर्थनमा आफ्नो आप्रवासन कडाइको प्रस्ताव पारित गरेपछि गत महिना मेर्जले संसद्मा ठूलो हलचल मच्चाए र सडक प्रदर्शनको लहर ल्याए ।
दक्षिणपन्थी मोडका अन्य सङ्केतहरूमा मेर्जले ‘शून्य सहनशीलता’ कानून र व्यवस्था अभियान, गाँजा वैधानिकता उल्ट्याउने, ‘वोक’ नीतिहरू र लैङ्गिक–संवेदनशील भाषा सीमित गर्ने र आणविक ऊर्जामा फर्कने अध्ययन गर्ने वाचा गरेका छन् ।
यी सबैले एएफडीबाट मतदाताहरूलाई फर्काउने मेर्जको तर्क छ ।
तर यदि उनले जिते भने गठबन्धन साझेदार खोज्दा सम्भवतः स्कोल्जको सोसल डेमोक्रेटसँग केही नीतिहरू नरम बनाउनु पर्ने हुनसक्छ ।
स्कोल्जले आफ्ना प्रतिद्वन्द्वीलाई ‘चिडचिडाहट व्यक्ति’ का रूपमा चित्रण गर्न खोजेका छन् र एएफडीसँगको उनको सम्बन्धले एक दिन उनले अति–दक्षिणपन्थी पार्टीसँग शासन गर्ने सङ्केत गरेको आरोप लगाएका छन् । उक्त आरोपलाई मेर्जले कडा रूपमा अस्वीकार गरेका छन् ।
समाचार पत्रिका डेर स्पिगेलले मेर्जलाई द्वन्द्वलाई व्यक्तिगत रूपमा लिने र कहिलेकाहीँ रिसको आवेगमा आउने बताएको छ ।












अशोक राई नेतृत्वको जसपा फुट्यो, रेणु यादवसहितका नेता उपेन्द्रकाे जसपा नेपालमा फर्किए
सुनजस्तो देखिने वस्तु देखाएर ५ लाख ठगी, चार जना पक्राउ
प्रहरी प्रधान कार्यालयका प्रहरी परिचर मृत फेला
नख्खु कारागारबाट भागेका बलात्कार मुद्दाका कैदी मोरङमा पक्राउ
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया