सुदुरपश्चिम प्रदेश सभाका ४ समितिका सभापति निर्विरोध निर्वाचित

कैलाली। सुदूरपश्चिम प्रदेश सभाका ४ समितिका सभापति निर्विरोध निर्वाचित भएका छन्।
जसअनुसार विशेषाधिकार समितिको सभापतिमा नेपाली कांग्रेसकी तुलसी देवकोटा, सामाजिक विकास समितिको सभापतिमा एमालेका धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, सार्वजनिक लेखा समितिमा नेकपा माओवादी केन्द्रका अक्कल बहादुर रावल निर्विरोध निर्वाचित भएको संसद सचिवालयले जनाएको छ ।
प्रदेश सभाका ४ वटा समितिको सभापतिमा सत्तारूढ कांग्रेस, एमाले, नाउपा तथा प्रमुख प्रतिपक्षी दलले शनिबार भागबन्डाका आधारमा मनोनयन दर्ता गरेका थिए। जसअनुसार प्रत्येक समितिमा १ जनाको मात्र उम्मेदवारी परेको थियो ।
जसअनुसार आइतबार चारै सभापतिलाई निर्वाचित घोषणा गरिएको र उनीहरुले आजै सपथ ग्रहणसमेत गरिसकेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया