व्यक्तिगत क्षमता अभिवृद्धिका साथै समाजमा घुलमिल हुन खेलकुद महत्वपूर्ण : उपप्रधानमन्त्री

ललितपुर । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यक्तिगत जीवनमा क्षमता अभिवृद्धिका साथै समाजमा घुलमिल हुनका लागि खेलकुद महत्वपूर्ण हुने बताएका छन् ।
‘नेपाल चार्टर्ड एकाउन्टेन्ट स्टुडेन्ट एसोसिएसन’को आयोजनामा ललितपुरको पुल्चोकस्थित इञ्जिनियरिङ क्याम्पसमा आजदेखि सुरू भएको टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले युवालाई समाजसँग एकाकार हुनका लागि खेलले सघाउ पुग्ने बताए । उनले विद्यार्थीले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
“पढाइमा त ध्यान दिनु पर्यो पर्यो, समाजलाई पनि योगदान दिनुपर्छ, त्यसका लागि खेलकुदको महत्व छ, यसले खेलाडीको स्वास्थ्य त राम्रो हुन्छ नै, तत्काल निर्णय गर्ने क्षमता पनि विकास हुन्छ । विद्यार्थी जीवनमा समग्र व्यक्तित्व विकास र अनुशासनका लागि पनि खेलकुदको धेरै महत्व छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो । उहाँले खेलाडीको क्षमता विकास गर्दै राष्ट्रिय खेलाडी उत्पादनका लागि पनि यस्ता प्रतिस्पर्धा अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गरे ।
उपप्रधानमन्त्री सिंहले खेलकुदमा जित्नु मात्रै ठूलो कुरा नभई प्रतिस्पर्धामा भाग लिनु पनि महत्वपूर्ण हुने उल्लेख गर्दै विद्यार्थीलाई पढाइका साथसाथै खेलकुदमा लाग्न प्रोत्साहित गरे ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया