शनिबार, वैशाख ५, २०८३

गणपूरक सङ्ख्या नपुग्दा प्रतिनिधि सभाबाट निर्णयार्थ पेस हुन सकेन विधेयक

मेरोन्यूज २०८१ फागुन ४ गते २०:३२

काठमाडौँ । गणपूरक सङ्ख्या नपुग्दा प्रतिनिधि सभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ निर्णयार्थ पेस हुन सकेन । आइतबार गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रस्तावउपर सांसदहरूले छलफल गरी गृहमन्त्रीले जवाफ समेत दिइसकेका थिए । तर गणपूरक सङ्ख्या नपुगेको भन्दै प्रस्ताव निर्णयार्थ पेस भएन । 

सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले निर्णयार्थ पेस गर्न गणपूरक सङ्ख्या नपुग्ने भन्दै यकिन गर्न माग गरिन् । तीन मिनेट घण्टी बजाएर गणपूरक सङ्ख्या यकिन गर्दा प्रस्ताव पेस गर्न गणपूरक सङ्ख्या ६९ हुनुपर्नेमा ६८ मात्रै रहेको सभामुख देवराज घिमिरेले बताए । 

सभामुख घिमिरेले भने, ‘नेपालको संविधानको धारा ९४ बमोजिम कुनैपनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाइ सदस्य उपस्थिति हुनुपर्नेमा यो प्रस्ताव निर्णयार्थ पेस गर्न गणपूरक सङ्ख्या अपुग भएको भनि माननीय श्री निशा डाँगीले प्रश्न उठाउनुभएकोले तीन मिनेट घण्टी बजाइ गणपूरक सङ्ख्या यकिन गर्न सचिवालयलाई निर्देशन दिन्छु ।’

सभामुख घिमिरेले गणपूरक सङ्ख्या यकिन गर्दा प्रस्ताव पेस गर्न गणपूरक सङ्ख्या ६९ हुनुपर्नेमा ६८ मात्रै रहेकाले गणपूरक सङ्ख्या नपुगेको भन्दै कार्यसूचीबाट बाँकी कार्यक्रम हटाइएको घोषणा गरे । प्रतिनिधि सभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ । 

प्रतिक्रिया