विश्वकै पहिलो ‘समलिङ्गी इमाम’ मुहसिनको गोली हानी हत्या

रियो दि जिनरियो, ५ फागुन । विश्वको पहिलो समलिङ्गी इमाम मानिने मुहसिन हेन्ड्रिक्सको दक्षिण अफ्रिकामा हत्या गरिएको छ।
उनलाई गेबरहा शहर नजिकै गोली प्रहार गरिएको थियो । दक्षिण अफ्रिकी प्रहरीले भनेका छन कि आक्रमणकारीहरूले घटना गर्दा उनी अर्को व्यक्तिसँग कारमा यात्रा गरिरहेका थिए।
प्रहरीले भन्यो, ‘आक्रमणकारीहरूले उनको कारको अगाडि आफ्नो कार रोके र उनलाइ बाहिर निस्कने अवरुद्ध गरे, यसपछि दुई जना मुखौटा लगाएका व्यक्ति कारबाट बाहिर आए र इमामको गाडीमा गोली चलाउन थाले, यसपछि आक्रमणकारीहरु भागेका थिए ।’
यस आक्रमणमा मुहसिनको मात्र मृत्यु भएको थियो । ड्राइभरले पहिलो पटक आफूलाई गोली लागेको थाहा पाएको जनाएका छन । सो हत्याको कारण नखुलेको र घटनाको अनुसन्धान भइरहेको अफ्रिकाको प्रहरीले जनाएको छ ।
अन्तर्राष्ट्रिय लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्स र इन्टरसेक्स एसोसिएसनले इमामको हत्याको निन्दा गरेको छ। संघका कार्यकारी प्रमुख जुलिया इहार्टले एक विज्ञप्तिमा भनिन्, ‘मुहसिन हेन्ड्रिक्सको हत्याको खबरले सम्पूर्ण आइएलजीए परिवार गहिरो स्तब्ध भएको छ, अधिकारीहरूले यस हत्याको राम्ररी अनुसन्धान गर्नुपर्छ किनकि हामीलाई यो घृणित अपराध हुन सक्छ भन्ने डर थप बढेको छ।’
मुहसिन हेन्ड्रिक्सले सन् १९९६ मा आफू समलैंगिक भएको स्वीकार गरेका थिए । यस पछि उनी एलजीबिटीक्यु समुदायको अधिकारको लागि लडिरहेका समूहहरूको एक हिस्सा हुन पुगेक ाथिए । उनले आफ्नो जन्मस्थान केप टाउन नजिकैको विनबर्गको अल गुरबाह मस्जिद चलाउँदै आएका थिए। मस्जिदको वेबसाइटका अनुसार यो सुरक्षित स्थान हो, जहाँ समलिङ्गी मुस्लिम र सीमान्तकृत महिलाहरूले इस्लाम धर्म अभ्यास गर्न सक्छन्।
उनै हेन्ड्रिक्सले सन् २०२२ मा रिलिज भएको डकुमेन्ट्री ‘द र्याडिकल’ मा आफूले पाइरहेको ज्यान मार्ने धम्कीको बारेमा पनि कुरा गरेका थिए। नभन्दै त्यसको दुइ बर्ष पछि गत शनिवार उनको हत्या गरियो ।















लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित तीन जना नियुक्त
अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
प्रतिक्रिया