रासस वार्षिकोत्सव : दौड प्रतियोगितामा लामिछाने र थारु प्रथम
मेरोन्यूज
२०८१ फागुन ५ गते १०:४०

काठमाडौँ, राष्ट्रिय समाचार समिति (रासस) को ६४औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित दौड प्रतियोगितामा पुरुषतर्फ सम्पादक हरि लामिछाने र महिलातर्फ समाचारदाता बुनु थारु चौधरी प्रथम भएका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससद्वारा आयोजित सो प्रतियोगितामा पुरुषतर्फ सम्पादन सहयोगी छविलाल कुमाल र महिलातर्फ फोटो सम्पादक सीता भट्टराई दोस्रो भइन् ।
रासस केन्द्रीय कार्यालयबाट एक किलोमिटर दूरीको मैत्रीपूर्ण दौड प्रतियोगितामा २५ जना सहभागी थिए । राससका महाप्रबन्धक सिद्धराज राईले प्रतियोगिताका विजेता र उपविजेतालाई नगद पुरस्कार प्रदान गरे ।
सो क्रममा उनले खेलकुदले स्वास्थ्यसँगै कर्मचारीबीचमा सामूहिक भावना जागृत गर्ने भएकाले यसबाट हार्दिकता कायम हुने विश्वास व्यक्त गरे।
सम्बन्धित











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया