रि-रिलिजकाे १० दिनमा ‘सनम तेरी कसम’ ले कति कमायाे ?

काठमाडाैं । सन् २०१६ मा रिलिज भएको रोमान्टिक फिल्म ‘सनम तेरी कसम’ ले दर्शकको मनमा विशेष स्थान बनाएको छ ।
विशेषगरी युवा वर्गमा यो चलचित्र निकै लोकप्रिय छ । निर्देशक राधिका राव र विनय सप्रुले प्रेमकथालाई फिल्ममा निकै सुन्दर ढंगले प्रस्तुत गरेका छन् ।
यद्यपि फिल्मले २०१६ मा बक्स अफिसमा धेरै सफलता हासिल गर्न सकेन ।
हालै पुनः रिलिज गरिएको ‘सनम तेरी कसम’ ले दर्शकको भरपुर माया पाइरहेकाे छ ।
रिपोर्ट अनुसार फिल्मले दशौं दिन आइतबार १.६० करोड भारु कमाएको छ । अहिलेसम्म फिल्मको पुनः रिलिजकाे कुल कमाई ३० करोड ३५ लाख पुगेको छ ।
भ्यालेण्टाइनकाे अवसर पारेर फेब्रअरी ७ मा रिलिज भएकाे फिल्मले पहिलो दिन ४ करोड, दोस्रो दिन ५.२५ करोड, तेस्रो दिन ५.७५ करोड, चौथो दिन ३.१५ करोड र पाँचौं दिन २.८५ करोड भारु कलेक्शन गरेकाे थियाे ।
यस्तै फिल्मले छैठौं दिन २.७५ करोड, सातौं दिन २.४० करोड, आठौं दिन १.२५ करोड र ९ औं दिन १.५० करोड भारु कमाएकाे थियाे।
चलचित्रका गीत तेरा चेहरा, बेवजाह, हाल-ए-दिल, खिच मेरी फोटो दर्शकमाझ निकै लोकप्रिय छन् ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया