धरानमा कालोमोसो दल्ने ‘नो केबुलकार’ समुहका ८ जना बिरूद्द पक्राउ पुर्जी जारी

इटहरी। ‘नो केबुलकार समुह’का ८ जना बिरूद्द प्रकाउ पुर्जी जारी भएको छ ।
ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जी माबोलाई धरानमा कालोमोसो दल्ने ८ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
उनीहरूलाइ आपराधिक उपद्रो व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता गरिए लगत्तै सोमबार माबोले इलाका प्रहरी कार्यालय धरानमा आफूलाई कालो मोसो दल्ने ८ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । उजुरी लगत्तै प्रहरीले अभियुक्त ८ जना विरुद्ध जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जीको अनुमति लिएको छ।
कालोमोसो दल्ने कार्यमा संलग्न जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य अमर इजम, समाजवादी पार्टी धरानका सचिव सुमन चेम्जोङ, पहिचानवादी मोर्चाका नेता जेन्टल लावतीलगायत रहेका छन ।
गत आइतवार मावो माथी पाथिभरा केबलकारको पक्षमा बोलेको भन्दै कालोमोसो दलेर माफी मगाइएको थियो ।
















खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील
34 days to HoR elections: Ballot papers for different districts unveiled
एनआरएन विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन
अस्थायी मतदाता विवरण पनि संकलन हुँदै
‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
सुनको भाउमा लगातार कीर्तिमान, तोलाको कति पुग्यो ?
प्रतिक्रिया