धरानमा कालोमोसो दल्ने ‘नो केबुलकार’ समुहका ८ जना बिरूद्द पक्राउ पुर्जी जारी

इटहरी। ‘नो केबुलकार समुह’का ८ जना बिरूद्द प्रकाउ पुर्जी जारी भएको छ ।
ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जी माबोलाई धरानमा कालोमोसो दल्ने ८ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
उनीहरूलाइ आपराधिक उपद्रो व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता गरिए लगत्तै सोमबार माबोले इलाका प्रहरी कार्यालय धरानमा आफूलाई कालो मोसो दल्ने ८ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । उजुरी लगत्तै प्रहरीले अभियुक्त ८ जना विरुद्ध जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जीको अनुमति लिएको छ।
कालोमोसो दल्ने कार्यमा संलग्न जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य अमर इजम, समाजवादी पार्टी धरानका सचिव सुमन चेम्जोङ, पहिचानवादी मोर्चाका नेता जेन्टल लावतीलगायत रहेका छन ।
गत आइतवार मावो माथी पाथिभरा केबलकारको पक्षमा बोलेको भन्दै कालोमोसो दलेर माफी मगाइएको थियो ।


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया