स्पेनिस ला लिगा : बार्सिलोनाले खोस्यो रियलको शीर्ष स्थान
मेरोन्यूज
२०८१ फागुन ६ गते ९:०८

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोजना फेरि शीर्ष स्थानमा उक्लिएको छ।
रायो भालोसानोलाई सोमबार राति १-० ले पराजित गर्दै बार्सिलोना लिगाको शीर्ष स्थानमा उक्लिएको हो।
बार्सिलोना रियल म्याड्रिडलाई गोल अन्तरको आधरमा अंक तालिकाको शीर्ष स्थानमा पछि पारेको हो। यसअघि रियलले बार्सिलोनाको शीर्षस्थान खोसेको थियो।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि रोर्बट लेवान्डोव्स्कीले गोल गरेका थिए। उनले २८ मिनेटमा पेनाल्टीमार्फत् गरेको गोल नै निर्णायक बन्न पुग्यो।
जितसँगै बार्सिलोनाको २४ खेलबाट ५१ अंक भएको छ। दोस्रो स्थानमा रहेको रियलको पनि ५१ अंक भए पनि गोलअन्तरमा पछि परेको छ।
समान खेलबाट ५० अंक जोडेको एट्लेटिको मड्रिड तेस्रो स्थानमा छ। भालोसानो २४ खेलमा ३५ अंकका साथ छैठौं स्थानमा छ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया