रासस समाचार ‘बुलेटिन’ कक्ष खुला गरिने

काठमाडौँ। राष्ट्रिय समाचार समिति (रासस) ले ६४औँ वार्षिकोत्सवका अवसरमा ‘रासस मिडिया सङ्ग्रहालय समाचार बुलेटिन’ कक्ष सर्वसाधरणका लागि खुला गर्ने भएको छ ।
भोलि फागुन ७ गते आयोजना हुने वार्षिकोत्सव मूल समारोहका अवसरमा समाचार बुलेटिन सर्वसाधारणका लागि खुला गरिने राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बताए ।
विसं २०१८ फागुन ७ गते रासस स्थापना भएदेखि हालसम्मका समाचार बुलेटिनलाई सङ्ग्रहालयमा सङ्ग्रहित गरिएको छ । राससको महत्त्वपूर्ण सम्पत्ति र उपलब्धिका रुपमा रहेको समाचार बुलेटिनलाई पत्रकारिता गरिरहेका विद्यार्थी र मिडिया अध्येताका लागि खुला गर्ने निर्णय गरिएको कार्यकारी अध्यक्ष झाले बताए । “रासस राज्यको संस्था भएकाले यसका बुलेटिन र समाचार सामग्रीहरु राससको मात्रै नभएर सम्पूर्ण नेपालीको सम्पत्ति हो । ती बुलेटिन अध्ययन अनुसन्धान गर्ने अवसर सबैले पाउनुपर्छ । त्यसैले राससको सञ्चालक समितिको २०८१ माघ २७ गतेको निर्णयअनुसार बुलेटिन कक्ष अध्ययन अनुसन्धानका लागि खुला गरिएको छ,” उनले भने ।
रासस समाचार बुलेटिन कक्षले मिडियाको अनुसन्धानमा रुचि राख्ने, आमसञ्चारका विद्यार्थी र क्रियाशील पत्रकारलाई लाभ हुनाका साथै नेपालमा समाचार ‘एजेन्सी’को विकासका सन्दर्भमा अध्ययन गर्न सघाउ पुग्ने राससका महाप्रबन्धक सिद्धराज राईले बताए ।
भूकम्पले राससको भवन भत्काएपछि गोदाममा थुप्रिएका र जीर्ण भएका बुलेटिनलाई सङ्ग्रह गरी राससको इतिहासलाई जीवन्त बनाउन र अभिलेखलाई दुरुस्त बनाउन बुलेटिन कक्ष स्थापना गरिएको महाप्रबन्धक राईले जानकारी दिए।
राससले चौबिसै घण्टा राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्वका आधिकारिक र विश्वसनीय समाचार सम्प्रेषण गर्दै आएको छ ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया