बिहीबार, वैशाख १०, २०८३

प्रधानमन्त्री ओलीलाई निता ढुंगानाकाे प्रश्न- अन्तर्राष्ट्रिय मञ्चमा हामीले कहिलेसम्म बेइज्जती खेपिरहने ?

मेरोन्यूज २०८१ फागुन ६ गते १७:०६

काठमाडाैं । अभिनेत्री निता ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्नै प्रश्न गरेकी छन् ।

Advertisement
NiccNicc

मंगलबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै अभिनेत्रीले कुनै समय हाम्रो देशको प्रधानमन्त्री ओली ज्यू जस्तै हुनुपर्छ भनेर ठाटले आफु अहिले उनका गतिविधि देखेर द्विविधामा परेकाे बताइन् ।

‘कुनै समय हाम्रो देशको प्रधानमन्त्री केपी शर्मा ओली जस्तै हुनुपर्छ भनेर ठाँटले भन्ने म कलाकार आज द्विविधामा छु, उनले लेखेकी छन्, ‘मलाई पनि हजुरसँग वार्तालाप गर्न मन छ, भेट्न मन छ‍, फोटो खिचाउन मन छ तर सँगसँगै धेरै प्रश्नहरू छन्।’

अभिनेत्री ढुंगानाले तपाईंले देखाएका सपना सपनामै सिमित भए भन्दै प्रधानमन्त्री ओलीमाथि गुनासाे गरेकी छन् । ‘…प्रधानमन्त्रीज्यू हामीले जान्ने भनेको तपाईँले बोलेका शब्दहरूमा विश्वास गर्ने हो तपाईंले देखाएका सपनाहरूमा ,आफ्नो सपना देख्ने हो तर विश्वास विश्वास मात्र सिमित रह्यो सपना सपनामा मात्र’ उनले भनेकी छन् ।

भारतमा ज्यान गुमाएकी नेपाली चेलीकाे न्याय माग्दा उल्टै बेइज्जती सहनुपरेकाे अभिनेत्रीले दुखेसाे पाेखिन् ।

‘भर्खरै मात्र भारतको एउटा विद्यालयमा नेपाली चेलीलाई हामीले गुमाउनु पर्‍यो, धेरै नेपाली विद्यार्थीहरूलाई त्यहाँबाट कुटपिट गरेर निकालिएको छ, उक्त विश्वविद्यालय व्यवस्थापन समितिकी अध्यक्षले न्याय माग्दा अपहेलना गर्दै प्रतिकार गर्दा नेपालको बेइजत गरेकी छन्,’ उनले भनेकी छन्।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालीले कहिलेसम्म बेइज्जती खेप्ने ? देशकाे याे हालतकाे जिम्मा कसले लिने? भन्दै अभिनेत्री ढुंगानाले प्रश्न गरेकी छन् ।

प्रतिक्रिया